अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

बामगठबन्धन अहिलेको आवश्यकताः एमाले नतो अधिकारी

वालिङ, २५ कार्तिक ।
नेकपा एमालेका केन्द्रिय सदस्य रबिन्द्र अधिकारीले  बामगठबन्धन अहिलेको आवश्यकता रहेको बताउनुभयो । 
स्याङ्जा क्षेत्र नं १ स्तरिय अगुवा कार्यकर्ता भेला तथा अन्र्तक्रियामा नेता अधिकारीले गठबन्धनलाई स्वभाबिक मान्न सबैलाई आग्रह गर्नुभयो । बाम गठबन्धनले काग्रेसमा हलचल मच्चाएको बताउदै नेता अधिकारीले संघ तथा प्रदेशको निर्वाचनमा बहुमत प्राप्त गर्दै पाचँ बर्ष स्थायि सरकार बनाउने बताउनुभयो । कार्यक्रममा नेकपा माओबादी केन्द्रका पोलियटब्युरो सदस्य अमृता थापा, एमाले केन्द्रिय सदस्य ठाकुर गैह्ेले निर्वाचन पश्चात बामगठबन्धले बनाउने सरकारले देशमा बिकासको मुल फुट्ने बताउनुभयो । 
त्यस्तै माओबादी केन्द्रका स्याङ्जा इन्चार्ज शैलेन्द्र घिमिरेले आगामी निर्वाचनमा बामगठबन्धको जित पक्का दाबी गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधीसभा क्षेत्र नं १ का उम्मेदवार नारायण मरासिनी, पदेश कमा उम्मेदवार दिपक चर्तिमगर, खका उम्मेदवार मिनप्रसाद गुरुङ्, माओबादी केन्द्रका जिल्ला सहसंयोजक खिमकुमार बिक, गजबहादु थापा लगायतले मन्तब्य राख्नु भएको थियो । नेकपा एमाले जिल्ला सचिब शुधिर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बिश्व पौडेलले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...