अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

अर्जुनचौपारी गाउँपालिकामा ११ सय ११ सदस्यीय चुनाव प्रचार प्रसार समिति

वालिङ, २५ कार्तिक ।
नेपाली कागे्रसले अर्जुनचौपारी गाउँपालिकामा ११ सय ११ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । संयोजकमा बोधनारायण रेग्मी, सहसंयोजकहरु नारायणप्रसाद पौडेल, हरिप्रसाद पौडेल, बेलप्रसाद गुरुङ र रनबहादुर थापा सचिवद्धोयमा रनबहादुर थापा र शालिकराम काफ्ले रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । 
समिति गठन कार्यक्रममा बोल्दै पुर्व सांसद तथा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सदस्य उम्मेद्धवार राजू थापाले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कागे्रसकै जित हुने दावी गर्दै कागे्रसको जितले मात्र लोकतन्त्रको संस्थागत हुने बताउनुभयो । 
त्यस्तै निर्वाचन क्षेत्र नं. १ का प्रदेश ख का उम्मेद्धवार तुलसी गिरीले समृद्ध नेपाल निर्माण र संविधान कार्यान्वयको लागी कागे्रसकै पक्षमा जनमत आउने बताउनुभयो । 
कागे्रस अर्जुनचौपारी गाँउपालिका संयोजक बोधनारायण रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रनबहादुर थापाले गर्नुभएको नेपाल तरुण दलका पुतलीबजार नगरसभापति गणेशविक्रम शाहले जानकारी दिनुभयो । कार्यक्रममा अन्य पार्टी परित्याग कागे्रसमा प्रवेश गरेका छन् ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...