अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

देशलाइ समृद्धि तर्फ लैजान वामगठवन्धनलाई जिताउनु पर्ने उमेद्धार अर्यालको जोड

वालिङ, २५ कार्तिक ।
नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागी प्रचार प्रचार तथा चुनावी अभियान जारी राखेको छ । यसैबीच हिजो चापकोट नगरपालीका–३ को दिसिङकोट र वडा नम्बर–४ को लग्दा र मल्याङ्कोटकोे चुनावी सभा गरिएको छ । 
 
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य एवं स्याङ्जा क्षेत्र नम्बर–२ प्रतिनिधि सदस्य उम्मेद्धवार पद्मा अर्यालले देश समृद्धि तर्फको बाटोमा लैजानको लागि वामगठवन्धनलाई आसन्न निर्वाचनमा जिताउनु पर्ने बताउनुभएको छ । उहाँले आजसम्म नेपालको आर्थिक विकास सुस्त हुनुको कारण राजनीतिक अस्थिरता भएको बताउदै त्यसको मूल कारक वामगठवन्धनलाइ कमजोर पार्न खोज्र्ने तात्कालिन दरबार र गैर कम्युनिष्टहरु रहेको बताउनुभयो ।
 
 
चुनावी सभामा नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तथा स्याङ्जा क्षेत्र नं. २ प्रदेश नम्बर (ख) का उमेद्धार सुर्यप्रसाद गैरे (पारस) ले वामगठवन्धन बाहेक कसैले पनि जनताको आकांक्षा अनुरुप मुलुकमा आर्थिक र सामाजिक विकास गर्न नस्कने दावी गर्दै वामगठवन्धनलाइ वहुमत दिन आग्रह गर्नुभयो । सामाजिक एकता र आर्थिक समृद्धिको आधार, बाम प्रगतिशील गठबन्धनको नेतृत्वमा स्थिर र बलियो सरकार भन्ने नाराका साथ वैठक सम्पन्न भएको हो । 
यसैबीच यता वालिङ ६ मा बामगठबन्धनको वडा भेला गरिएको छ । भेलामा बोल्दै नेकपा एमले अनुसासन आयोग केन्दिय सदस्य चक्र पराजुलीले आउँदै गरेको नेकपा एमाले र माओवादीको गठबन्धन समृद्ध मुलुक निर्माणको लागी भएकाले यसमा जनताको उल्लासमय सहभागिता भैरहेको बताउनुभयो ।
भेलाले श्यामकृष्ण  श्रेस्ठको संयोजकत्वमा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ भने हरिबहादुर थापाको संयोजकत्वमा ३१ सदस्यीय परिचलन कमिटि गठन गरिएको छ ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, शोभाकान्त पौडेल, राजेन्द्र डुम्रे लगायतले सम्बोधन गर्नुभएको थियो । हरिबहादुर थापाको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन रमेश अर्यालले गर्नुभएको थियो । 
यसैबीच भेलाले ३० गते एमाले अध्यक्ष केपीशर्मा ओली र नेकपा माओवादीका पुष्पकमल दहाल प्रचण्डले गर्ने सम्बोधनका निम्ती जनशक्ति परिचालन गर्ने निर्ण्य गरेको छ
उता बाम गठबन्धान वालिङ ९ को महिला भेला सम्पन्न भएको छ । भेलाले वडा न ९ मा महिला उम्मेद्वार लाई बिजयो बनाउन सबै महिलाहरुलाई आवान गरी घर दैलो गर्ने निर्णय गरेको छ । नेकपा एमालेका चक्र पराजुल, राजेन्द्र डुम्रे शोभाअकन्त पौडेल, खगिसरा थापा, हुमबहादुर गुरुङ, खिमा पौडेल, मधुसुधन आचार्य लगाएतले सम्बोधन गर्नु भएको थियो । भेला रमाता पराजुलीको अध्य्क्षता र निता बगालेको सन्चालनमा सम्प्न भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...