अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

सरस्वति माध्यमिक विद्यालयमा कविता प्रतियोगिता सम्पन्न

वालिङ, २५ कार्तिक ।
अनेरास्ववियू प्रारम्भिक कमिटिको आयोजनामा सरस्वति माध्यमिक विद्यालयमा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ८, ९ र १० र प्लस टुका विद्यार्थीहरुबीच भएको प्रतियोगितामा कक्षा ९ का रोशन पराजुली प्रथम, कक्षा १० की सम्झना पराजुली द्धितिय, कक्षा १० कै भावना विक तृतिय र कक्षा ९ की कविता डुम्रे सान्त्वना भएकी छिन् । 
त्यस्तै प्लस टु तर्फ कक्षा १२ की रिता पाठक प्रथम, कक्षा ११ की कविता पाठक द्धितिय, ११ कै विजय पराजुली तृतिय र कक्षा १२ की नसिमा मिँया सान्त्वना भएकी छिन् । 
प्रतियोगितामाम २६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अनेरास्ववियू जिल्ला सदस्य कमल रिजालले वर्तमान अवस्थामा विद्यार्थी र राजनिति बीच रचनात्मक सम्बन्ध हराउँदै गएको भन्दै अवको विद्यार्थी आन्दोलन रचनात्मक र सृजनात्मक रुपमा अगाडि बढ्नुपर्ने र यसको नेतृत्व अनेरास्ववियूले गर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रअ कमलकान्त पौडेलले अतिरिक्त क्रियाकलापले विद्यार्थीमा थप उत्साह थपेको बताउनुभयो । 
अनेरास्ववियू प्रारम्भिक कमिटि अध्यक्ष किशोर पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देवबहादुर शारु र कोषाध्यक्ष उर्मिला सारुले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष रुपा डुम्रेले गर्नुभएको थियो । 
उता गल्याङ नगरपालिका–३ स्थित भानुभक्त आर्चाय माध्यमिक विद्यालय गल्याङमा स्रोत केन्द्र स्तरिय हिज्जे प्रतियोगितामा सम्पन्न भएको छ ।
 
प्रतियोगितामा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले विद्यार्थीको चौतर्फी विकासका लागि यस्ता कार्यक्रमको आवश्यक रहेको बताउनुभयो ।
 
१० वटा विद्यालयको सहभागिता रहेका प्रतियोगितामा आर्दश आवासीय माध्यमिक विद्यालय गल्याङ प्रथम भएको छ । त्यस्तै भानुभक्त आर्चाय माध्यमिक विद्यालय दोस्रो, चिराग आवासीय माध्यमिक विद्यालय र नेशनल गोल्डेन ब्राईट फ्युचर स्कुल तेस्रो भएका छन् ।
 
भानुभक्त आर्चाय माध्यमिक विद्यालयका प्रार्चाय रामकान्त पाठकको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षक खुमानन्द पाण्डेले र गल्कोट माविका शिक्षक चुरामणी बस्यालले गर्र्नुभएकोथियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...