अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

तालिम तथा प्रशिक्षण शुरु

वालिङ, २५ कार्तिक ।नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले जिवन उपयोगी सिपमा आधारित सरसफाई र स्वच्छता सम्बन्धी तालिम तथा प्रशिक्षण शुरु गरेको छ । चार दिने तालिममा बिरुवा गाउँपालिकामा का ३५ जना शिक्षक नायकहरु सहभागी रहेका छन् । 
 
कार्यक्रममा बिरुवा गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माले सिकेका कुरालाई ब्यवहारमा उपयोग गर्ने गरि तालिम सिक्न आग्रह गर्नुभयो । कार्यक्रममा केन्द्रिय बिभागका निर्देशक सुदर्शन अधिकारी, रेडक्रस स्याङ्जा मन्त्रि दिनेश पौडेल, जुनियर संयोजक पशुपती पौडेल, नबज्योती माबिका प्रधानाध्यापक बम बहादुर राना लगायतले मन्तब्य राख्नु भएको थियो । 
 
तालिम तथा प्रशिक्षणमा बिभागका निर्देशक सुदर्शन अधिकारी, कार्यक्रम अधिकृत अम्बिका पौडेल, प्रेम प्रसाद केसीले सहजिकरण गर्नु हुने छ ।  सोसाइटीका स्याङ्जा शाखाँ सभापती भुवन बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन घनश्याम पौडेलले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...