अहिले तरंगमा

केहि छिनमा

समाचार

संविधान कार्यान्वयनका लागि कागे्रसले जित्नै पर्छ ः उपप्रधानमन्त्री श्रेष्ठ

news

वालिङ, २६ कार्तिक ।
नेपाल सरकारका उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री तथा स्याङजा क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेद्वार गोपालमान श्रेष्ठले नेपालको संविधान नेपाली काँगे्रसकै नेतृत्वमा जारी गरिएको स्मरण गर्दै यसको कार्यान्वयनकालागि पनि पार्टीले बहुमत पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
श्रेष्ठले चुनावी अभियान अन्तर्गत शनिबार गल्याङ नगरपालिका १ मालुङ्गामा गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अहिलेसम्मको हरेक आन्दोलनको नेतृत्व पार्टीले गरेको बताउनुभयो ।
उहाँले मालुङ्गामा रहेको क्षेत्रीय अस्पतालको स्तरोन्नतिकालागि नेतृत्व गर्ने, मालुङ्गाको दर्पुक जोड्ने पुल सम्पन्न गर्ने, पिउने पानीको लागि लिफ्टिङ योजना २ वर्षमा सम्पन्न गर्ने, राम्दीको बृद्धाश्रमको स्तरोन्नति गर्ने बचन दिनुभएको उहाँको प्रेस सल्लाहकार दिलिपाश्री अधिकारीले जानकारी दिनुभयो । एमाले माओवादी गठबन्धनले भनेजस्तोे अधिकार खोसिने कुरा र प्रचण्डले भनेजस्तो १० वर्ष भित्र साम्यवाद ल्याउने उद्घोष पार्टीलाई मान्य नहुने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रदेश सभा उम्मेद्वार भागवतप्रकाश मल्ल, समानुपातिक प्रतिनिधि सभा उम्मेद्वार मोहन पाण्डे, प्रदेश सभाका समानुपातिक उम्मेद्वार सरस्वती अर्याल तिवारी, साविक क्षेत्रीय सभापति देवबहादुर खाँड, जिल्ला सदस्य शालिकराम बस्याल, चुरामणि बस्याललगायतले बोल्नुभएको थियो ।
मणिप्रसाद बस्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रमेश बस्यालले गर्नुभएको थियो । त्यस्तै शनिबार उहाँले गल्याङ २ पार्टी कार्यालय र गुठीमा समेत कायकर्ता भेटघाट गर्नुभएको छ । यसैबीच यता
वालिङ ७ मा नेपाली काँगे्रसले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वालिङ ७ केवरेको फिर्से, बनकट्टा, ताप्के, सपौँदे र पौदीपधेँरामा घरदैलो गरी भेला गरिएको हो ।
भेलामा बोल्दै निर्वाचन क्षेत्र नं. २ का प्रदेश सभा क का उम्मेद्वार विष्णु पौडेलले गाउँका विकास निर्माण, स्वास्थ्य, शिक्षा, युवा स्वरोजगार, महिला शसक्तिकरणजस्ता विषयमा आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभयो ।
कार्यक्रममा काँगे्रसका महासमिति सदस्य लक्ष्मीकान्त रेग्मी, प्रदेश सभाका समानुपातिक उम्मेद्वार सरस्वती तिवारी अर्याल, समानुपातिक उम्मेद्वार लिलबहादुर रनपाल, नेता भोजराज गुरुङ र सम्राट चितौरेलगायतले बोल्नुभएको थियो । कार्यक्रम गौबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
उता भीरकोट ३ बानेथोकमा नेपाली काँगे्रसको प्रचारप्रसार समिति गठन गरिएको छ । नगर उपप्रमुख सीमा कर्माचार्य, वडा अध्यक्ष दिपेन्द्र केसी, दीपक काफ्लेको उपस्थितिमा विजय काफ्लेको संयोजकत्वमा १ सय ८५ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको हो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...