अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

काठमाडौँमा गणतान्त्रिक मंच र सम्र्पक मञ्चको सयुक्त चुनावी भेला

वालिङ, २६ कार्तिक ।
स्याङ्जा काठमाडौ गणतान्त्रिक मञ्च र स्याङजा काठमाडौ सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौँमा संयुक्त चुनावी भेला गरिएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बाम गठबन्धन देश र जनताको आवश्यकता रहेकाले गठबन्धनको जीतले मात्रै देशमा अमनचयन, समृद्धि हुने बताउनुभयो । साथै उहाँले लाखौँ युवाहरु विदेशी भूमिमा पसिना बगाउनुपर्ने पीडाको अन्य गर्न, नेपालमै रोजगारीको सिर्जना गर्न गठबन्धनकै पक्षमा जनमत आउनुपर्ने बताउनुभयो ।
त्यस्तै सचिव शंकर पोख्रेलले स्याङ्जालगायतल देशभरीका स्थानीय निकायका मतपरिणाम हेर्दा बाम गठबन्धनको पक्षमा बहुमत हुने आंँकलन गरिएको बताउनुभयो । मुलुकमा व्याप्त अस्थिर सरकारलाई स्थिर बनाउनकालागि पनि गठबन्धनको विजयीको विकल्प नरहेको भन्दै उम्मेद्वारहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा उम्मेद्वार पदमा अर्याल, प्रतिनिधि सभा उम्मेद्वार नारायण मरासिनी, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य अमृता थापा, प्रदेश सभा सदस्य उम्मेद्वारहरु दीपक चर्तीमगर, मिन गुरुङ, मोहन रेग्मी र पारस गैह्रेलगायतले बोल्नुभएको थियो । सम्पर्क मञ्चका अध्यक्ष ऋषिराम कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मेघनाथ चापागाँईले गर्नुभएको उपसचिव हरि पंगेनीले जानकारी दिनुभयो । यता
भीरकोट नगरपालिका ४ मा बामगठबन्धनको भेला तथा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । कार्यक्रममा वडा अध्यक्षहरु कमल त्रिपाठी, चन्द्रबहादुर बस्नेत, सन्तोष केसी, डाँसीनारायण ढुङगाना, मिठु अधिकारी, कृष्ण ढुङ्गाना, गोकुल अधिकारी, डिलबहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा मेघनारायण ढुङ्गानाको संयोजकत्वमा १ सय १ सदस्यीय निर्वाचन वडा परिचालन कमिटी, डाँसीनारायण ढुङ्गानाको संयोजकत्वमा २ सय ५ सदस्यीय प्रचारप्रसार कमिटी, त्यस्तै छाङछाङ्दी क को निर्वाचन केन्द्रमा लालबहादुर श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय बुथ संरक्षण कमिटी ख मा झमन विकको संयोजकत्वमा ५१ सदस्यीय बुथ कमिटी गठन गरिएको छ । 
त्यस्तै युवा परिचालन कमिटीको संयोजकत्वमा सुनिल कोईरालालाई चयन गरिएको छ । त्यस्तै सरस्वती श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन कमिटी गठन गरिएको छ । डोलराज ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मेघनारायण ढुङ्गानाले गर्नुभएको थियो ।
यता वालिङ ४ मा बाम गठबन्धनको निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । कार्यक्रममा बोल्दै एमाले जिल्ला सदस्य सूर्य कुँवरले देश समृद्धिकालागि सबै बाम गठबन्धनमा आउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तोपप्रसाद गुरुङको संयोजकत्वमा २५ सदस्यीय परिचालन कमिटी गठन गरिएको छ ।
सहसंयोजकमा पिताम्बर खनाल, सचिवमा ओम गुरुङ रहनुभएको छ भने सूर्यप्रसाद खनालको संयोजकत्वमा ६ सदस्यीय आर्थिक परिचालन समिति गठन गरिएको छ । एमालेका वडा संयोजक तोपप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अमृतप्रसाद खनालले र स्वागत वडा अध्यक्ष रनध्वज गुरुङले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...