अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायीको पाँचौ साधारणसभा

वालिङ, २६ कार्तिक ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा स्याङ्जाको पाँचौं बार्षिक साधारणसभा शनिबार स्याङ्जा सदरमुकाममा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालले आफना हक, हित र अधिकार सुनिश्चितताका लागि पुस्तक तथा स्टेशनरी ब्यवसायी एकजुट हुनुपर्ने बताउदै ब्यावसायीका हितका लागि आफु सधैं प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय उपमहासचिव मनहरी बस्याल, केन्द्रीय सचिव ऋषिराम शर्मा, क्षेत्रीय उपाध्यक्ष हेमानन्द शर्मा, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, प्याब्सन केन्द्रीय सदस्य अमृत अर्याल, जिल्ला उपाध्यक्ष धु्रवबन्धु पौडेललगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ स्याङ्जाका अध्यक्ष किसान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामु लुइटेलले स्वागत र कोषाध्यक्ष युवराज गौतमले धन्यवाद, सचिव रामचन्द्र नेपालले सञ्चालन गर्नुभएको थियो । साधारणसभामा सचिव रामचन्द्र नेपाल र कोषाध्यक्ष युवराज गौतमले आ आफना बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...