अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

नवएकता युवाक्लबको पोल्टामा गाउँस्तरीय भलिबल प्रतियोगिताको उपाधि

वालिङ, २६ कार्तिक ।
युनिक स्पन्दन युवाक्लब वालिङ ५ मिनाङकोट हर्षेडाँडाद्वारा आयोजित गाउँ स्तरीय भलिबल प्रतियोगिताको उपाधि नवएकता युवाक्लब गहते मनकामनाले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक एलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । पराजयसंँगै आयोजक ए द्वितीय, सरोबर युवाक्लब दार्सिङ तृतीय र आयोजककै बी सान्त्वना भएका हुन् ।
प्रतियोगिताको समापन गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खांँडले खेल क्षेत्रबाटै युवाहरुले आफ्नो गाउँ ठाउँ, जिल्ला हुदै राष्ट्रकै नाम चिनाउन सफल हुने भन्दै खेल क्षेत्रको विकासकालागि आफ्नो सदा सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष ढाकाराम पंगेनीले युवाक्लबले समाज परिवर्तनमा खेलेको भूमिकाको चर्चा गर्दै सभ्य समाज निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । क्लबका अध्यक्ष राजेन्द्रबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत डोलजंग गुरुङ र सञ्चालन पुण्य गुरुङले गर्नुभएको थियो ।
प्रतियोगितामा विजेता तथा उपविजेता समूहले क्रमशः ४० हजार, २५ हजार १५ हजार, ७ हजार नगदसहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गरेका छन् । २५ टिमको सहभागिता रहेको प्रतियोगितामा जनएकता युवाक्लबका रवि सेन्चुरी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...