अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

आसन्न निर्वाचनमा स्याङजामा लोकतान्त्रिक र बामगठबन्धनको कडा प्रतिष्पर्धा उम्मेद्धवारहरु घरदैलो तथा चुनावी अभियानमै व्यस्त

news

वालिङ, २८ कार्तिक ।
मंसिर २१ गते हुने आसन्न निर्वाचनकालागि स्याङ्जा जिल्लाका मुख्य प्रतिष्पर्धी नेपाली काँगे्रसको लोकतान्त्रिक गठबन्धन र एमाले र माओवादीको गठबन्धन बाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुँदैछ । यसकालागि जिल्लामा लोकतान्त्रिक र बाम गठबन्धनद्वारा हरेक दिन मतदातासंँग भेट, अन्तरक्रिया, भेला तथा चुनावी सभालाई तीव्र गतिमा अगाडि बढाएका छन् । यसैक्रममा स्याङ्जा जिल्लाका नेपाली काँगे्रसले आफुनो चुनावी अभियानलाई तिव्रता दिएको छ । यसैक्रममा सोमबार कालीगण्डकी गाउँपालिकाको वडा नं. ५, ६ र ७ मा चुनावी सभा तथा अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा काँगे्रसका केन्द्रीय सदस्य, उपप्रधानन्त्री तथा शिक्षामन्त्री एवम् प्रतिनिधि सभा उम्मेदवार गोपालमान श्रेष्ठले विगतदेखि अहिलेसम्म देश विकासकालागि पार्टीले गरेका कार्यहरु र जिल्लाको विकास र समृद्धिका लागी आफ्नो योगदान हिजोका दिनमा र भोलिका दिनमा पनि उस्तै रहने बताउनुभयो ।
नेपाली काँगे्रस पार्टी विकासको पर्यायवाची शब्द रहेको उल्लेख गर्दै ०७ सालदेखि २०६२÷०६३ का आन्दोलनमा पार्टीको अग्रणी भूमिका रहेको भन्दै जनताको ईच्छा चाहना अनुसार काम गर्ने बताउनुभयो । कार्यक्रममा पूर्व जिविस उपसभापति लालगोपाल अर्याल, प्रदेश सभा उम्मेदवार भागवतप्रकाश मल्ल, शालिकराम न्यौपानेलगायतले बोल्नुभएको थियो ।
उता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीकालागि पुतलीबजार नगरपालिका वडा नं. १ मा निर्वाचन प्रचारप्रसार समिति सम्पर्क कार्यालय सोमबार स्थापना गरिएको छ । नेपाली काँंग्रेस जिल्ला सभापति एवम् प्रदेशसभा क का उम्मेदवार कमलप्रसाद पंगेनी र प्रतिनिधिसभा उम्मेदवार राजु थापाले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रदेशसभाका उम्मेदवार कमलप्रसाद पंगेनी र प्रतिनिधिसभा १ का उम्मेदवार राजु थापाले लोकतन्त्रको दुहाई दिने नेकपा एमालेका अध्यक्ष केपी ओली पनि प्रचण्डको एकदलीय ब्यवस्था निम्त्याउनकालागि कम्युनिष्ट ललीपपमा विकेको आरोप लगाउनुभयो ।
अहिलेको निर्वाचन ब्यक्तिभन्दा शासन ब्यवस्थाको लडाई भएको बताउदै लोकतन्त्र र संबिधान कार्यान्वयनका लागि नेपाली कांँग्रेसलाई विजयी गराउन आवश्यक रहेको उहाँहरुको भनाई थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, महिला संघका सचिव बन्दना लम्साल, तरुण नेता बिक्रान्तकुमार श्रेष्ठ (सुवर्ण), सांस्कृतिक संघका सचिव सुनिता पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
पुतलीबजार नगरपालिका वडा नं. १ का कार्यवाहक अध्यक्ष बुद्धिप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य बिष्णुकुमार श्रेष्ठले धन्यवाद एवम् तरुण नेता महादेव श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
यता वालिङ नगरपालिका १० फूलबारीमा नेपाली काँगे्रसले चुनावी भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै वालिङ नगर उपप्रमुख तथा नेपाल महिला संघकी जिल्ला सभापति कल्पना तिवारीले आसन्न निर्वाचनमा नेपाली काँगे्रसको जीत भए मात्र मुलुकमा लोकतन्त्र संस्थागत हुने बताउनुभयो ।
कार्यक्रममा काँग्रेस जिल्ला सदस्य अर्जुन खनाल, महिला संघ पूर्व सचिव कविता तिवारीलगायतले बोल्नुभएको थियो । झलकनारायण सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुबेदार शेरबहादुर क्षेत्रीको स्वागत र सञ्चालन सौरव सुवेदीले गर्नुभएको थियो । भेलाले नेत्रप्रसाद सुवेदीको संयोजकत्वमा १ सय ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ भने वडामा १४ वटा टोल निर्माण गरी १४ वटै टोल संयोजक समेत तोकिएको छ । यता
निर्वाचन क्षेत्र नं. २ का प्रदेश सभा क उम्मेदवार विष्णु पौडेलले वालिङ ६ का विभिन्न स्थानहरुमा घरदैलो गर्नुभएको छ । घरदैलोपछि गरिएको भेलामा बोल्दै उम्मेदवार पौडेलले नेपाली काँगे्रसका विगतदेखि वर्तमान सम्मका विभिन्न विषयहरु जनताले प्रत्यक्ष अनुभव गरेकाले आसन्न निर्वाचनमा जीत निश्चित भएको बताउनुभयो ।
कार्यक्रममा समानुपातिक उम्मेदवार सरस्वती अर्याल तिवारी, नेता नेत्र पाण्डे, लोकनाथ अर्याल, ख्यामबहादुर अर्याल, रेखा थापा, विश्वास लम्साल, महेश रेग्मीलगायतले बोल्नुभएको थियो । 
उता निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा १ अन्तर्गत नेपाली काँगे्रस प्रचार प्रसार समितिले सोमबार भीरकोट ३ बानेथोक देउराली, केघा, माझकोटमा चुनावी भेला गरेको छ ।
बानेथोकमा भएको कार्यक्रममा बोल्दै प्रदेश सभा क उम्मेदवार कमल पंगेनीले अहिलेको चुनाव धर्म र संस्कृतिको लडाई भएकाले लोकतन्त्रको रक्षाकालागि सम्पूर्ण लोकतन्त्रका शक्तिहरु एक हुनुपर्ने बताउनुभयो । काँगे्रसकै नेतृत्वमा संविधान जारी भएको भन्दै यसको कार्यान्यवनकालागि पनि आसन्न निर्वाचनमा काँगे्रसको पक्षमा बहुमत हुने दावी गर्नुभयो ।
कार्यक्रममा क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार राजु थापाले विपक्षीहरुले सामाजिक भत्ताको एजेण्डालाई प्रमुख एजेण्डा बनाएर प्रचारमा लागेकाले सामाजिक सुरक्षा भत्ताको अवधारणा काँगे्रसकै भएको भन्दै यसको बृद्धिका विषयमा पनि पार्टीको एजेण्डा रहेको बताउनुभयो । कार्यक्रममा बानेथोक देउरालीमा काँगे्रसले गरेका कार्य प्रगतिकाबारेमा मेघबहादुर खड्काले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा भीरकोट नगर उपप्रमुख सीमा कर्माचार्य, भीरकोट नगर पार्टी सभापति तोयनाथ अर्याल, महाधिवेशन प्रतिनिधि गोविन्दकुमार कर्माचार्य, नसिवदिन मियालगायतले बोल्नुभएको थियो । कार्यक्रम विजय काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।
 
 
त्यस्तै नेपाली काँगे्रसले अर्जुनचौपारी २ मा समेत चुनावी सभा गरिएको छ । सभाको सम्बोधन गर्दै जिल्ला निर्वाचन प्रतिनिधि तथा ट्रेड युनियन काँगे्रस प्रदेश नं. ४ का कोषाध्यक्ष दीर्घनारायण मरासिनीले नेपाली काँगे्रसको जीत भनेकै लोकतन्त्रको जीत भएकाले काँग्रेसले विजयी प्राप्त गर्दै आगामी सरकारको नेतृत्व पनि काँगे्रसले गर्ने बताउनुभयो । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्याल, वडा नं. २ का वडा अध्यक्ष क्या.लालबहादुर गुरुङ, तरुण दलका गाउँपालिका अध्यक्ष तेजबहादुर रोकालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पार्टीका वडा सभापति पूर्णबहादुर अधिकारीको संयोजकत्वमा १ सय ५ सदस्यीय प्रचार समिति गठन गरिएको छ । त्यस्तै तिलबहादुर रोकाको संयोजकत्वमा ९ सदस्यीय आर्थिक समिति, भविराज गुरङको संयोजकत्वमा ३ सदस्यीय बुथ समिति र धनबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ ।
पार्टीका वडा सभापति अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन तरुण दलका सचिव शालिकराम काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा अन्य पार्टी परित्याग गरी काँगे्रसमा प्रवेश गरेका छन् । उता पुतलीबजार नगरपालिका ४ मा वडा अध्यक्ष ओमबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन शिक्षा अनुगमन समन्वय समिति गठन गरेको छ ।
समितिको सदस्यमा नेपाली काँग्रेस वडा सभापति लालबहादुर थापा, नेकपा एमाले वडा कमिटी संयोजक रुद्रबहादुर थापा, माओबादी केन्द्रका वडा अध्यक्ष हिमलाल गौतम, राप्रपा नेपालका वडा अध्यक्ष राजकुमारी थापा, पुनम सुनार, सीता पोख्रेल, सुदिता गौतम, सरस्वती दर्जी, भगवती शर्मा र सदस्य सचिवमा राजेन्द्र अर्याल रहनुभएको छ ।
भेलाले निर्वाचन शिक्षा कार्यतालिका तयार गर्नुका साथै सहयोग गर्न वडामा रहेका राजनैतिक दल, राजनैतिक दल, सामाजिक संघ संस्था, बुद्धिजिबी सबैलाई अनुरोध गर्ने बताउनुभयो ।
 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...