अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

२ दिने निशुल्क मुख तथा दन्त शिविर जगतमा सम्पन्न

news

वलिङ, २८ कार्तिक ।
वालिङ नगरपालिका वडा नं. ५ जगतभञ्ज्याङ आरुपाटा स्याङ्जामा २ दिने निशुल्क मुख तथा दन्त शिविर सम्पन्न भएको छ । शिविरको सोमबार एक कार्यक्रमका विच समापन गरिएको छ । शिविर नवसिर्जना युवा क्लव वालिङ् ५ पितलेकको आयोजना , लायन्स क्लव अफ वालिङ सिटिको सहकार्य र कान्तिपुर डेन्टल कलेज पोखराको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । 
नवसिर्जना युवाक्लवका अध्यक्ष  भुपेन गुरुङको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ समाजसेवी दोरणबहादुर गुरुङ्, प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङ, कान्तिपुर डेन्टल कलेज पोखराका सिनियर हाईजिनिस दशमी गुरुङले बोल्दै यस्ता शिविर ले सर्वसाधारण जनताको स्वास्थ्यमा लाभ हुने बताउनुभयो । 
नवसिर्जना युवाक्लवका पूर्व अध्यक्ष तिलक गुुरुङको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन  सचिव दिपक गुरुङले गर्नुभएको थियो । वालिङ नगरपालिका वडा नं. ५ मा रहेको आरुपाटा स्रोत केन्द्र भवनमा भएको शिविरमा ४ सय ६१ जनाले दाँत तथा मुखको चेकजाँच गराएका छन् । ५ जना विरामीलाई थप उपाचारको लागि पोखरा रिफर गरिएको छ । कार्यक्रममा क्लवले शिविरमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।  
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...