अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

जेष्ठ नागरिक र अल्जाइमर सम्बन्धी अन्तरक्रिया स्याङजामा

वालिङ, २८ कार्तिक ।
महिला तथा बालबालिका कार्यालयको आयोजनामा जेष्ठ नागरिक र अल्जाइमर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अस्पतालका डा. सुशील मरासिनीले अल्जाइमर रोग सम्बन्धी र महिला तथा बालबालिका कार्यालयका प्रमुख चन्द्रकुमारी ब्यञ्जनकारले जेष्ठ नागरिकका अधिकारकाबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेश आचार्य, राष्ट्रिय जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य एवं प्रदेश ४ का संयोजक कुुसुमकेशव पराजुलीले जेष्ठ नागरिकका अनुभव, भावना र सीपलाई सधै कदर सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
जेष्ठ नागरिक कल्याण समितिका अध्यक्ष एवम् जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका प्रमुख चन्द्रकुमारी ब्यञ्जनकारले गर्नुभएको थियो । 
यसैगरी, जेष्ठ नागरिक संघमा रेवतीरमण पौडेलको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । संघको सहसंयोजकमा कल्पना बस्याल, सचिवमा महेशबहादुर अधिकारीलाई चयन गरिएको हो । यसैगरी, सदस्यहरुमा ख्यामनारायण पराजुली, दुर्गानारायण ढकाल, वेदप्रकाश पनेरु, सुवेदार डम्बरबहादुर रोका, रुकविर बिक, प्रेमबहादुर रेग्मी क्षेत्री, शान्ति ओस्ती, सरस्वती श्रेष्ठ, कृष्णप्रसाद चापागाई लगायत रहनुभएको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...