अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

गरीवि र अशिक्षा हटाउन आफ्नो उम्मेदवार ः उपप्रधानमन्त्री श्रेष्ठ

news

वालिङ, २९ कार्तिक ।  
उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री तथा नेपाली काङ्ग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर दुईका उम्मेद्वार गोपालमान श्रेष्ठले मानिसको शत्रु भनेकै गरीवि र अशिक्षा बताउँदै गरीवि र अशिक्षा हटाउन आफु उम्मेदवार उल्लेख गर्नुभएको छ । हिजो नेपाली काग्रेसको चुनावि कार्यक्रम अन्तर्गत कालिगण्डकि गाउपालिका १ प्युघामा उहाँले यस्तो वताउनुभएको हो ।
 
कलिगण्डकी गाउपालिकामा खानेपानी मोटरेवाटो, विजुली, शिक्षा, स्वास्थ्यको समस्या समाधान गर्नका लागी नेपाली काँग्रेस लागी परीरहेको भन्दै रिडि जोडने पक्कि पुलको निर्माण कार्यमा भैरहेको ढिलाईलाई यथाशक्य छिटो काम अघि बढाउन पनि निर्देशन दिनुभएको छ । यस्तै क्षेत्र नम्वर २ को ख का प्रदेश सभाका उमेदवार भवगतप्रकाश मल्लले युवाहरुलाई स्वरोजगारमुलक कार्यक्रम ल्याई वैदशिक रोजगारवाट मुक्त वनाउन आफुले प्रयास गरीरहेको वताउदै यसका लागी युवाले साथ दिन आग्रह गर्नुभएको छ । 
 
चुनावि कार्यक्रममा नेपाली काग्रेस प्रतिनिधि सभाका समानुपातिक तर्फका उमेदवार मोहन पाण्डे, पुर्व सभासद शंकरप्रसाद पाण्डेय, नेपाली काँग्रेस महासमिती सदस्य श्यामप्रसाद वस्याल, महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, पुर्व महाधिवेशन प्रतिनिधि लालगोपाल अर्याल, नेपाली काग्रेस क्षेत्रिय सभापति देववहादुर खाँड (ईश्वर)लगायतले मन्तव्य राख्नुभएको थियो । नेपाली काग्रेस कालिगण्डकि गाउपालिका वडा नम्वर १ का सभापति मोतिलाल घर्ति मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवराज पाण्डेले गर्नभएको सञ्चारकर्मि गोपिकृष्ण रेग्मीले जानकारी दिनुभयो । 
उता नेपाली कागे्रस भिरकोटले भिरकोट ५ को तिलहारनेटा र समिडाँडामा चुनावी भेला सम्पन्न गरेको छ । भेलाको सम्बोधन गर्दै प्रदेश सभा उम्मेद्धवार विष्णु पौडेलले सम्पुर्ण युवाहरुको प्रतिनिधित्व गर्दै आफू चुनावी मैदानमा उत्रिएको भन्दै युवास्वरोजगारमा आफ्ना मुख्य प्राथामिकता रहेको बताउनुभयो । 
कार्यक्रममा समानुपातिक उम्मेद्धवार सरस्वति अर्याल, कागे्रसका भिरकोट नगरसभापति तोयनाथ अर्याल, वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मण, वडा सदस्य मिना खांण, गोपि अर्याललगायतले बोल्नुभएको थियो । जगनाथ अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अमृत अर्यालले गर्नुभएको थियो । 
उता वालिङ ११ डौँवामा कागे्रसको सम्र्पक कार्यालयको उद्दघाटन गरिएको छ । कार्यालयको उद्दघाटन गर्दै पुर्व जिल्ला उपसमापति मुक्तिप्रसाद सुवेदीले लोकतन्त्रको रक्षा गर्न नेपाली कागे्रसको पक्षमा जनमत आउनुपर्ने बताउनुभयो । 
कार्यक्रममा प्रदेश सभा उम्मेद्धवार विष्णु पौडेल, समानुपातिक उम्मेद्धवार सरस्वति अर्याल, कागे्रस क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, नगर सभापति एवं नगरप्रमुख दिलिपप्रताप खांणलगायतले बोल्नुभएको थियो । कार्यक्रमममा टिकाराम पराजुलीको संयोजकत्वमा १ सय ५३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । 
त्यस्तै नरेन्द्र पराजुलीको संयोजकत्वमा तरुण परिचालन समिति, सुनिता उच्चैको संयोजकत्वमा महिला परिचालन, विनोद पराजुलीको संयोजकत्वमा आर्थिक समिति र गोकुल पंगेनीको संयोजकत्वमा भुपूसैनिक परिचालन समिति गठन गरिएको छ । कार्यक्रम टिकाराम पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन डण्डपानी पंगेनी र स्वागत आनन्द खांणले गर्नुभएको थियो ।
उता निर्वाचन क्षेत्र नं. १ अन्र्तगत भिरकोट नगरपालिका वडा नं. २ मा नेपाली काग्रेसले श्यामकाजी अधिकारीको संयोजकत्वमा २ सय २५ सदस्यीय चुनावीप्रचार प्रसार समिति गठन गरेको छ । 
कार्यक्रममा बोल्दै महाधिवेसन प्रतिनिधि गोविन्द कर्मचार्यले संघ र प्रदेशको निर्वाचनमा नेपाली कागे्रस अग्रस्थानमा आउने दावी गर्नुभयो । कार्यक्रममा महाधिवेसन प्रतिनिधि नसिवदिन मियाँ, नगरउपप्रमुख सिमा कर्मचार्य, जिल्ला सदस्य मेघबहादुर खड्का, मोहम्मद सरिफ, डम्मरबहादुर सारु, पदम केसी, क्षेत्रबहादुर थापा, प्रकाशमान सिंह, विन्दु खड्कालगायतले आसन्न निर्वाचनमा कागे्रसका उम्मेद्धवारहरुलाई विजयी बनाउनको लागी सक्रिय भुमिका खेल्नुपर्ने बताउनुभयो । 
कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत श्यामकाजी अधिकारी, सञ्चालन रमेश पौडेल र धन्यवाद जनक अधिकारीले गर्नुभएको थियो ।
यता भिरकोट ४को श्यामपोखरी छाङछाङदीमा पिताम्बर श्रेष्ठको संयाजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै प्रचार प्रसार संयोजक दिपेन्द्र केसीले निर्वाचनमा पाटीले  समानतरिकाले उम्मेद्धवार छनोट गरेको भन्दै निर्वाचनमा सक्रिय हुनुपर्ने बताउनुभयो । 
कार्यक्रममा महाधिवेसन प्रतिनिधि गोविन्द कर्मचार्य, नसिवदिन मिँया, नगरउपप्रमुख सिमा कर्मचार्य, विन्दु खड्का, पदमबहादुर केसी, श्याम रेग्मी, कृष्णबहादुर अधिकारी, निर्मला रेग्मी, नरबहादुर रानालगायतले बोल्नुभएको थियो । पिताम्बर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रमेश पौडेल, स्वागत शोभितबहादुर थापा धन्यवाद कृष्णप्रसाद अधिकारीले गर्नुभएको त्यहाँबाट चुत्रबहादुर महतले जनाउनुभएको छ । 
उता प्रतिनिधीसभा क्षेत्र नं. १ को प्रदेश सभा क अन्र्तगत नेपाली कागे्रस
प्रचारप्रसार समितिले हरिनास गाउपालिकामा चुनावी भेला सम्पन्न गरेको छ ।
हरिनासको सालडाडामा भएको कार्यक्रममा बोल्दै प्रदेश सभा क का उम्मेद्धवार
कमलप्रसाद पंगेनीले अहिलेको चुनाव धर्म र संस्कृतिको लडाई भएकाले
लोकतन्त्रको रक्षाको लागी सम्पुर्ण लोकतन्त्रशक्तिहरु एकहुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेद्धवार राजु थापाले कागे्रसकै
नेतृत्वमा विकास र संविधान जारी भएको भन्दै थप विकास र संबिधान
कार्यान्यवनको लागी आसन्न निर्वाचनमा कागे्रसको पक्षमा बहुमत हुने दावी
गर्नुभयो ।
कार्यक्रममा समानुपातिक उम्मेदवार मेखलाल श्रेष्ठ, बिरुवा गाउपालिका संयोजक
युवराज केसी, कांग्रेस नेताहरु क्याप्टेन डोरबहादुर थापा, ओमबहादुर भट्ट,
पदमबहादुर मानन्धर, तरुण नेता तेजबहादुर थपा लगायतले मन्तब्य ब्यक्त
गर्नुभएको थियो । हरिनास वडा अध्यक्ष भिमबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा बिद्यार्थी नेता अजित क्षेत्रीले स्वागत एवं समाजसेवी यामलाल
अधिकारीले संचालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...