अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

समृद्ध स्याङजा र समुन्नत स्याङजाली हाम्रो अभियान ः बामगठबन्धनकी प्रतिनिधि सभा उम्मेद्धवार अर्याल

news

वालिङ, २९ कार्तिक ।  
नेकपा एमाले र माओवादी केन्द्रको सयुक्त बामगठबन्धनले आफ्नो चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । यसैक्रममा मंगलबार वालिङ ९ को विशालनगर, पिपलटारी र भुम्रेटोलमा चनावी टोल भेला गरिएको छ । भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य एवं निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेद्धवार पद्मा अर्यालले आफ्नो उम्मेद्धवारी समग्र स्याङजाली जनताको भएको भन्दै समृद्ध स्याङजा र समुन्नत स्याङजाली बनाउनको लागी जनताको पुर्ण साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ का प्रदेश सभा क उम्मेद्धवार मोहन रेग्मीले मुलुकमा कम्युनिष्ट प्रणाली आवश्यक भएको बताउँदै देश र जनताको चाहानाले बामगठबन्धन निर्माण भएको बताउनुभयो । कार्यक्रममा माओवादीका तारा भुसालले विचार मिल्ने पार्टीबीचमा सहकार्य भएको हुँदा आसन्न निर्वाचनमा गठबन्धनकै जित हुने बताउनुभयो । 
त्यस्तै वालिङ १० को दाङसिङमा समेत टोल भेला सम्पन्न गरिएको छ । भेलाको सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेद्धवार पद्मा अर्यालले यहाँका स्वास्थ्य, शिक्षा, सडक, पिउनेपानी, कृषिलगायत जनताहरुसंग प्रत्यक्ष जोडिएको विभिन्न पक्षहरुमो आफ्नो पहल हुने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा उम्मेद्धवार मोहन रेग्मी, माओवादीका ताराप्रसाद भुसाललगायतले बोल्नुभएको थियो । कार्यक्रम एमाले वडा संयोजक चुत्रप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । 
यता वालिङ १० कै पण्डितथोक र भकुण्डेमा पनि बामगठबन्धनले टोल गरेका छन् । भेलाको सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेद्धवार पद्मा अर्यालले वालिङका विभिन्न संभाव्यताहरुको पहिचान गर्दै समृद्ध वालिङ निर्माणको लागी पनि आफ्नो उम्मपेद्धवारी रहेको भन्दै यहाका महिलाहरुलाई उद्यमशिलतातर्फ प्रेरित गर्ने, युवाहरुलाई यही आफ्नै जन्मथलोमा स्थापित गर्नको लागी आफू प्रतिवद्ध रहेको बताउनुभयो ।  कार्यक्रममा प्रदेश सभा क उम्मेद्धवार मोहन रेग्मी, कल्पना अर्यालले दुई शक्तिशाली पार्टीबीचमा सहकार्य हुनु भनेको देशमा सकारात्मक परिर्वतनको संकेत भएको बताउनुभयो । 
उता नेकपा एमाले र माओवादी केन्द्र समिलीत वामगठवन्धनको टोल भेला गल्याङ नगरपालीकाका मनहरी, चितडांडा, साङ्लीया र बेलचौरमा सम्पन्न भएको छ । स्याङ्जा क्षेत्र नम्बर–२ प्रदेश नम्बर (ख) का उमेद्धार सुर्य प्रसाद गैरे पारसले अब राजतन्त्रलाई कसैले फर्काउन नसक्ने बताउनुभएको छ । उहाँले स्याङ्जामा सिंचाइ, बाटो, खानेपानी,  शिक्षाको उचित बिकास गरेर समृद्धा स्याङ्जा हेर्न चाहेको बताउनुभयो । गैरेले रास्टको« समृद्धि र समाजबादको निम्ति आफुले उम्मेदवारी दिएको दावी गर्दै सवै युवाहरुले साथ दिनुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा गल्याङ नगरपालीका उप–प्रमुख देवीसरा थापा, नेकपा माओवादी केन्द्रका नेता नारायण अधिकारी समिरलगायतले बोल्नुभएको थियो । चुनाब परिचालन समितिका अध्यक्ष निम प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हिरामणी भण्डारीले गर्नुभएको थियो ।
उता नेकपा एमाले र माओवादी केन्द्र समिलीत वामगठवन्धनको टोल भेला पुतली बजार नगरपालीका १३ को लाम्पाटा र हिरापाटामा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले अनुसासन आयोगका केन्द्रिय सदस्य प्रेमनारायण पौडेलले वामगठवन्धन जनताको वेदनाको औसधी भएकाले वामगठवन्धनले मात्र जनतालाइ खुसी राख्न सक्ने दाबी गर्नुभयो । कार्यक्रममा नेकपा एमालेको तर्फबाट स्याङ्जा क्षेत्र नम्बर–१ समानुपातीक उमेद्धार तारा सर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, पुतली बजार नगरपालीका प्रमुख सिमा क्षेत्री, स्याङ्जाको निकास तथा विकास वामगठवन्धन भएकाले वामगठवन्धनलाइ नै मतदान गर्न सवै जनसामुदायलाइ अपिल गर्नुभयो । नेकपा एमाले नेता विष्णुप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा ख्यामप्रसाद अर्याल र ख्यामनारायण अधिकारीले स्वागत गर्नुभएको थियो भने लिलप्रसाद राना र डोववहादुर कार्कीले सञ्चालन गर्नुभएको थियो ।
त्यस्तै वाम गठवन्धन आधिखोला गाँउपालीका– १ पञ्चमुलमा वाम गठवन्धनको चुनावी भेला सम्पन्न भएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरेले वामगठवन्धनलाई बिजयी बनाउन चुनावी गतिविधिमा सहभागी वन्न सवैलाइ आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव सुधिरकुमार पौडेल, एमाले क्षेत्रीय सदस्य मोति पौडेल, एमाले नेता नारायण अधिकारी, जननिर्वाचित वडा अध्यक्ष लोक प्रसाद ढकाल लगाएतले वामगठवन्धनले समाजमा पिछडिएका वर्गमा उत्साह ल्याएको बताउनुभयो । त्यसैगरी वामगठवन्धनको भेला अर्जुन चौपाली–५ आलुचौरमा सम्पन्न भएको छ । भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, नेकपा एमाले जिल्ला सचिव सुधिर कुमार पौडेल, एमाले नेता टंक सापकोटा, अर्का एमाले नेता मोती पोडेल लगाएतले वोल्नुभएको थिया
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...