अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

कांग्रेस नेतृत्व सरकारले ७० वर्ष पुरानो सपना नेपालको संविधान दिएको उपप्रधानमन्त्री तथा शिक्षामन्त्री श्रेष्ठको जिकिर, कागे्रसको चुनावी सभा तिव्र

news

वालिङ २ मंसिर ।
नेपाली काँग्रेसका वरिष्ठ नेता, उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पछिल्लो १० वर्षको अन्तरालमा एक पटक बनेको कांग्रेस नेतृत्व सरकारले ७० वर्ष पुरानो सपना नेपालको संविधान दिएको जिकिर गर्दै कांग्रेसकै नेतृत्वमा सम्बृद्धि आउने दाबी गर्नुभएको छ । “नेपालमा देखिएका हरेक राजनीतिक समस्या कांग्रेसकै नेतृत्व समाधान भएकाले सम्बृद्ध नेपाल कांग्रेसकै नेतृत्वमा बन्छ ।” स्याङ्जाको प्रतिनिधिसभा २ नंम्बरका उम्मेदवार समेत रहेका श्रेष्ठले भीरकोट नगरपालिका ६ स्थित सुन्दर बजारमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै भन्नुभयो, “बाम गठबन्धन सत्ता स्वार्थबाट बनेकाले यसको कुनै भविश्य छैन् ।”
प्रजातन्त्र पूर्नस्थापना २०४८ पछि देशमा भएका सबै विकास निर्माण काँग्रेसले गरेको श्रेष्ठले दाबी गर्नुभयोे । “माओवादी १० वर्षे जनयुद्धले १५ हजार जनताको ज्यानमात्र लिएन देशलाई २० वर्ष पछाडी धकेलेको छ ।” माओवादीवादी प्रति आक्रामक देखिएका श्रेष्ठले भन्नुभयो, “भत्काउन मात्र जानेका माओवादी बाम गठबन्धनका नाममा सम्बृद्धिका गफ दिएर हिडेका छन् ।”कार्यक्रममा पुर्व सांसद खगेन्द्रराज रेग्मी, प्रदेश सभा उम्मेद्धवार विष्णु पौडेल, समानुपातिक उम्मेद्धवार सरस्वति अर्याल, मेखलाल श्रेष्ठ, लिलबहादुर रनपाल, नेपाल महिला संघ जिल्ला सभापति एवं वालिङ नगर उपप्रमुख कल्पना तिवारी, क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, युवानेता नेत्रप्रसाद पाण्डे, तरुणदलका भिरकोट नगरअध्यक्ष राजकुमार गुरुङ, नेविसंघ जिल्ला उपाध्यक्ष अर्जुन अर्याललगायतले बोल्नुभएको थियो । भिरकोट नगर प्रमुख छायाराम खनालको स्वागतसंगै शुरु भएको कार्यक्रम कागे्रस भिरकोट नगर सभापति तोयनाथ अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने धन्यवाद गोविन्दकुमार कर्मचार्य र सञ्चालन क्षेत्रिय प्रतिनिधि देविप्रसाद अर्यालले गर्नुभएको थियो ।
यसैबीच उता चुनावी अभियानका क्रममा शुक्रबार नेपाली कांग्रेसले पुतलीबजार नगरपालिका ७ ठुलाडिहीका बिभिन्न स्थानमा चुनावीसभा सम्पन्न गरेको छ । प्रतिनिधिसभा १ र प्रदेशसभा क अन्र्तगत पर्ने ठूलाडिहीमा आयोजित कार्यक्रममा बोल्दै प्रदेशसभा क का उम्मेदवार कमलप्रसाद पंगेनीले जहानिया राणा शासनका बिरुद्ध नागरिकका स्वतन्त्रताको लागि लड्दै आएको नेपाली कांग्रेस सबैको मनमा अटाउने पार्टी भएको बताउदै लोकतन्त्र, संबिधान र स्वतन्त्रताका लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताउनुभयो । यसैगरी, प्रतिनिधिसभा १ का उम्मेदवार राजु थापाले नेपाली कांग्रेसको शासनकालमा संबिधान र विकास निर्माणले गति पाएको बताउदै संबिधान कार्यान्वयन र सम्मृद्ध मुलुक निर्माणका लागि नेपाली कांग्रेसलाई बिजयी गराउन आग्रह गर्नुभयो ।  कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव कुमार राना, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य दिपेन्द्र खडका, जिल्ला अध्यक्ष अजित क्षेत्री, तरुण दलका क्षेत्रीय अध्यक्ष कुमबहादुर गुरुङ, युवा नेताहरु नेमबहादुर राना, जीवाखर पौडेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।  चुनाव प्रचार प्रसार समितिका संयोजक सुवेदार हेमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा कृष्ण आलेले स्वागत एवं नवराज सुवेदीले संचालन गर्नुभएको थियो । 
त्यस्तै पुतलीबजार नगरपालिका १३ मा रहेका नेपाली कांग्रेसको भातृ संगठन भूतपूर्व सैनिक संघले भेला सम्पन्न गरेका छन् । भेलामा क्याप्टेन सुकबहादुर सुवेदी, सुवेदार सोवित बहादुर आले, सुवेदार लिलबहादुर राना, चुणामणी सुवेदी, सेैलेन्द्र सापकोटा, कर्णवीर नेपाली लगायतले लोकतन्त्रको पक्षमा वकालत गर्ने नेपाली कांग्रेसका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए ।  भूतपूर्व सैनिक संघका अध्यक्ष प्रेमसिंह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव दुर्गाप्रसाद गौतमले स्वागत एवं सुवेदार केशरबहादुर अधिकारीले संचालन गर्नुभएको थियो । 
एता नेपाली कंग्रेसले गल्याङ नगरपालिका वडा नम्बर ७ मनहरिअर्कमा हिजो चुनाव प्रचार प्रसार समिती गठन गरेको छ । भेलाले जगन्नाथ पाठकको संयोजकत्वमा १०१ सदस्यीय चुनाव प्रचार स्रसार समिती गठन गरेको छ । यस्तै रेशम भण्डारीको संयोजकत्वमा ३१ सदस्यीय तरुण परिचालन समिती गठन गरिएको छ ।त्यस्तै शोभा पाठकको संयोजकत्वमा ३५ सदस्यीय महिला परिचालन समिती, प्रतिमा पाठकको संयोजकत्वमा २७ सदस्यीय विद्यार्थी परिचालन समिती गठन गरिएको छ । यसैगरि खगीसरा भण्डारी संयोजकत्वमा ९ सदस्यीय अनुगमन र अनुशासन समिति गठन गरिएको छ ।
श्याम भण्डारीको संयोजकत्वमा ११ सदस्यीय बुथ परिचालन समिती, टुकराज पाठकको संयोजकत्वमा ९ सदस्यीय आर्थिक परिचालन समिती र रोमलाल थापाको संयोजकत्वमा  २१ सदस्यीय युवा परिचालन समिती गठन गरिएको छ । भेलामा नेपाली कंग्रेसका जिल्ला प्रतिनिधि महेन्द्र श्रेष्ठ, जिविस पुर्व उपसभापति लालगोपाल अर्याल, क्षेत्रिय कार्य समिती सदस्य सिता सुन्दास लगायतले कंग्रेसलाई जिताउन सवै क्षेत्रबाट लागि पर्न आग्रह गर्नुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...