अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

बामगठबन्धको चुनावी कसरत जारी, दिनहुँ मतदातबीच चुनावी भेला तथा अन्र्तक्रिया

news

वालिङ, २ मंसिर ।
आफ्नो चुनावी प्रचारप्रसारलाई तिव्र पारेको स्याङजाको क्षेत्र नं. २ का बामगठबन्धनले हिजो पनि वालिङ १३ का विभिन्न स्थाहरुमा घरदैलो तथा चुनावी टोल भेला सम्पन्न गरेको छ । बोधिभञ्याङमा टोल भेला तथा बुथ कमिटि गठन गरिएको छ । कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेद्धवार पद्मा अर्यालले आँधीखोला हाईड्याम, जिल्लामै सुविधा सम्पन्न अस्पताल, अत्याधिक प्राविधिक शिक्षालय जस्ता विभिन्न एजेण्डाहरु बामगठबन्धनसंग भएकाले जनताको बहुमत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 
साथै उहाँले जिल्लामा महिलाहरुको शसत्तिकरणमा जोड दिँदै उद्यमशीलतातर्फ प्रेरित गर्न, हरेक दिन जिल्लाबाट युवाहरु बैदेशिक रोजागरीका लागी भौँतारिरहेको अवस्थामा उनीहरुलाई आफ्नै गाउँठाउमा रोजगारीको वातावरण सृजना गर्ने समेत बताउनुभयो । कार्यक्रममा प्रदेश सभा क उम्मेद्धवार मोहन रेग्मीले जिल्लाका गाउँघर, स्वास्थ्य, शिक्षा संचार, सडक, पुल, नदी, फाँट, धार्मिक तथा पर्यटनस्थलहरुमा आफ्नो ध्यानआर्कषण भएको भन्दै विकास निर्माणका पक्षमा कटिबद्ध रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा कल्पना अर्याल र उदय श्रेष्ठले गठबन्धनलाई सहयोग गर्न आग्रह गर्नुभयो । रत्नाखर गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन यज्ञ पाठक र स्वागत बाबुराम न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा आसबहादुर गुरुङको संयोजकत्वमा बुथ संरक्षण कमिटि गठन गरिएको छ । 
त्यस्तै वालिङ १३ कै झोलुङेबजार, थानपाटामा समेत मतदाताहरुसंग भेटघाट गरिएको छ । त्यस्तै खानीडाँडामा समेत टोल भेला गरिएको छ । कार्यक्रममा प्रतिनिधि सभा उम्मेद्धवार पद्मा अर्याल, प्रदेश सभा उम्मेद्धवार मोहन रेग्मी, पुर्व सांसद मुक्ति पाठक, तारा भुसाललगायतले गठबन्धनका उम्मेद्धवारले यहाँका दुखसुख प्रत्यक्ष अनुभव गरेकाले गठबन्धन जितको कुनै विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । 
त्यस्तै स्याङ्जा क्षेत्र नम्बर–२ प्रतिनिधि सभा उमेद्धार पद्मा अर्यालले यथास्थितिको अन्त्य गदै र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा लैजान एकपटक कम्युनिष्टहरुलाई बहुमत चाहिएको बताउनुभएको छ ।स्याङ्जाको गल्याङ नगरपालीका–८ अन्तर्गत तिनदोवाटे, चिउरी, वङराती, रिप लगाएतका स्थानमा वामगठवन्धनद्धारा आयोजित भेला तथा घरदैलो कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । प्रदेश सभा (ख) का उमेद्धार सुर्यप्रसाद गैरे पारसले वामपन्थी सरकार बनेपछि समाजमा व्याप्त पिछडीएका वर्गहरुको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा नेकपा एमाले लेखा आयोगका केन्द्रिय सदस्य ढाकाराम अर्याल, डाक्टर वुद्धिमान श्रेष्ठ, एमाले नेता सोभियत ढकाल, गल्याङ नगरपालीका प्रमुख भुपराज अधिकारी, माओवादी केन्द्रका नेता द्धोय नारायण अधिकारी समिर, तारा भुसाल लगायतले वाम गठबन्धनको बहुमत आवश्यक रहेको बताउनुभएको थियो
 
उता स्याङ्जा क्षेत्र नम्बर–१ का विभिन्न स्थानहरुमा चुनावी भेला गरिएको छ । निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा उमेद्धार नारायण प्रसाद मरासीनीले कांग्रेसलाई जनताले पटकपटक बहुमत दिएको र एकपटक दुई तिहाई समेत दिँदा देश झनै संकटमा परेको भन्दै एकपटक कम्युनिस्टलाई मौका दिनुपर्ने बताउनुभएको छ । विरुवा गाँउपालीका वडा नम्बर १, २ र ८ अन्तर्गत अर्चले भञ्याङ, मेथा भुरुङ, कुसुम भञ्याङ, सुरुङ लगाएतका स्थानमा वामगठवन्धन द्धारा आयोजित भेला तथा घरदैलो कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरेले भन्नुभयो–“कांग्रेसले २०१५ मा दुई तिहाई बहुमत पायो, २०४८ र २०५६ मा बहुमत पायो तर, उसले बहुमतको सरकार टिकाउन नसकेको भन्दै कम्युनिस्टले अहिलेसम्म मौका नपाएकाले यसपटक मौका जनताले दिने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा (क) का प्रदेश सभा उमेद्धार दिपक चर्तिमगर, समानुपातीक उम्मेद्धवार तारा सर्मा, वामगठवन्धनको नताहरु चुनप्रसाद शर्मा, विश्व पौडेल, निर्वमान संसद टेकु नेपाली, सुर्य कुवर, गोपाल कोइराला, खिमकुमार विक लगाएतले मन्तव्य राखेका थिए ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...