अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

रेडियो आँधीखोलाद्धारा ११औँ वार्षिक उत्सवको अवशरमा आयोजित निशुल्क रेडियो पत्रकारिता तालिम शुरु

वालिङ, २ मंसिर ।
सामुदायिक रेडियो आँधीखोला १०५.४ मेगाहर्जले आफ्नो ११औँ वार्षिक उत्सवको अवशरमा हिजोबाट तिनदिने निशुल्क रेडियो उद्दघोषण तालिम  शुक्रबारदेखि वालिङ उद्योग वाणिज्य संघको सचिवालयमा शुरु भएको छ । 
तालिमको उद्दघाटन गर्दै रेडियो सञ्चालक समितिका अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनीले रेडियोले अघिल्लो वर्ष जस्तै यसवर्ष पनि तिनदिने तालिमको आयोजना गरेको हुनाले तालिमको भरपुर प्रयोग गर्दै आफ्नो बोल्ने कला र नेतृत्व विकास गर्न आग्रह गर्नुभयो । 
त्यस्तै कार्यक्रममा सञ्चालक समिति सदस्य नेत्रप्रसाद पाण्डेले रेडियो पत्रकारिता तालिमले सहभागिहरुलाई आफ्नो क्षमता विकासमा अभिवृद्धि गर्ने बताउनुभयो । 
रेडियोले ११औँ वार्शिकोत्सवको अवशरमा १ देखि ३ सम्म उद्दघोषण तालिम, ४ गते प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका विरामीहरुलाई फलफुल वितरण, ५ गते भुम्रे माध्यमिक विद्यालयका सुस्तमनस्थिति बालबालिकाहरुलाई न्यानो कपडा वितरण र ६ गते रेडियो प्राङगणमा विधिपुर्वक पुजा गरिनेछ । 
दैनिक १८ घण्टा प्रसारणमा रहेको रेडियोले ज्ञान सुचना मनोरञ्जनात्मक तथा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । इन्टरनेट अनलाईनको धधध।चबमष्यबबलमजष्पजयबि।यचन मा समेत विश्वका जुनसुकै स्थानबाट समेत सुन्न सकिनेछ । रेडियो अहिले ५ सय वाटबाट स्याङजासहित, गुल्मी, पर्वत, पाल्पा, कास्की, बाग्लुङ, अर्घाखाँची, तनहुँसहितका जिल्लामा सुन्न सकिनेछ । 
२०६४ मंसिर ६ गतेबाट परिक्षण प्रसारण शुरु गरेको रेडियोले ११औ वसन्तमा आईपुग्दा यहाका स्रोताहरुलाई सञ्चारमाध्यमबाट सुसूचित गराउने गरेको छ । ३० जनाको सहभागिता रहेको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...