अहिले तरंगमा

bhajan

केहि छिनमा

Nepali khabar

समाचार

स्याङ्जामा खाद्य सुरक्षा अवस्था मजबुद

वालिङ ४ पौष ।
स्याङ्जामा खाद्य सुरक्षा अवस्था मजबुद रहेको जिल्ला खाद्य सञ्जालले निश्कर्ष
निकालेको छ । सञ्जालको प्रथम चौमासिक कार्यक्रममा सो बिश्लेषण गरिएको
हो । कार्यक्रममा सञ्जालका सदस्य सचिव बरिष्ठ कृषि बिकास अधिकृत तेजप्रसाद
दवाडीले स्याङ्जाको न्युनतम खाद्य सुरक्षा अवस्था असुरक्षित रहेको बताउनुभयो
असिनाका कारण सुन्तला, अदुवा, तरकारी, धानको उत्पादन कम भएको बताउदै
माछा मासुको उत्पादन र प्रयोगमा बृद्धि भएको दाबी गर्नुभयो । धान गतवर्षको तुलनामा १ प्रतिशत घटेको भएपनि मकै लगायतका अन्य खाद्यान्नमा बृद्धि भएको बताउनुभयो । उहाँले असिनाका कारण सुन्तला उत्पादनमा ३४ प्रतिशतले घटेपनि अन्य सामग्रीमा सन्तोषजनक रहेको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धु्रब गिरीले भबितब्य नभएमा आगामी ४ महिना सम्म सबै चिजले खाद्य सुरक्षामा मजबुत रहेको बताउनुभयो ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...