अहिले तरंगमा

Bal Sansar

केहि छिनमा

Aandhikhola Khabar

समाचार

नवनिर्वाचित सांसदहरु मतदाता धन्यवादमै व्यस्त

news

वालिङ ४ पौष ।
स्याङ्जा जिल्लाका नवनिर्वाचित सांसदहरु यति बेला मतदाताहरुको घरदैलोमा पुगी धन्यवाद ज्ञापनमा व्यस्त रहेका छन् । नेताहरु भोट माग्नमात्र घर गाउँमा आउँछन् चुनाव जितेपछि फर्केर आउँदैनन् भन्ने जनताहरुको भनाईलाई चिर्दै यतिबेला नवनिर्वाचित सांसदहरु मतदाताको घर घरमा पुग्नुभएको हो ।
यसैबीच निर्वाचन क्षेत्र नं. २ का नवनिर्वाचित सांसद पदमा अर्याल र प्रदेश सांसद मोहन रेग्मीले सोमबार वालिङ नगरपालिकाका वडा नं. ९, १२, १३ र १४ का विभिन्न स्थनहरुमा भेला गरी मतदाता धन्यवाद व्यक्त गर्नुभएको छ ।
सोमबार भुम्रे, पिपलटारी, डुडखोला, भुसालथोक, ठुलाचौर, गहते, चालिसे, तिवारीपसल, तमादी, डुम्रेभञ्ज्याङ, सिरबानी, हुल्काङ, डाँडाखर्क, फौदिखोला, थानपाटा र बायाँटारीमा मतदाता धन्यवाद कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रममा सांसद अर्यालले निर्वाचन अगाडिका सबै प्रतिवद्धताहरु पूरा गर्ने हरसम्भव प्रयास गर्ने भन्दै मतदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
साथै उहाँले स्याङ्जामा प्रचुर सम्भावना रहेको जलस्रोत, कृषि, पर्यटनमार्फत यहाँका स्थानीयहरुको आयस्तरमा बृद्धि गर्ने बताउनुभयो । ग्रामीण क्षेत्रमा रहेका सडक, पिउनेपानी, स्वास्थ्य, शिक्षा, महिला शसक्तिकरण, युवा स्वरोजगारजस्ता पक्षलाई व्यवस्थित गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मीले जनताको मर्म र भावना अनुसार आफ्नो अगाडिका योजनाहरु तय हुने भन्दै यहाँका जनताहरुलाई समृद्ध बनाउने प्रयास रहने बताउनुभयो । रेग्मीले सैद्धान्तिक शिक्षाभन्दा प्राविधिक शिक्षामा जोड दिँदै युवाहरुलाई अध्ययनसँंगै रोजगारीको व्यवस्था गर्न विशेष भूमिका खेल्ने बताउनुभयो ।
यसैबीच स्याङ्जा क्षेत्र नं १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनी, प्रदेश सभा ख का प्रदेशसभा सदस्य मिनप्रसाद गुरुङ, दिपक चर्तिमगरले तिब्रता दिनुभएको हो ।
नव निर्वाचित प्रतिनिधि सभा सदस्य मरासिनी र प्रदेश सभा सदस्य गुरुङले फेदिखोला गाउँपालिकाको वडा नं १, २ र ४ मा मतदाता भेट्नुभएको हो ।  मतदाता भेटघाट तथा विजय उत्सवमा प्रतिनिधि सभा सदस्य मरासिनीले सबै मतदाता, राजनैतिक दलको भावना बुझेर बिकास निर्माणमा अगाडि बढ्ने बताउनुभयो । उहाँले अबको बाम गठबन्धनको सरकारले मात्र सबै क्षेत्रको विकास हुने दाबी गनुृभयो ।
त्यस्तै प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङ, वडा अध्यक्ष माधब शर्मा, जिल्ला सदस्य पुष्पराज बराल, गाउँ निर्वाचन परिचालन कमिटिका संयोजक ढुण्डिराज पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो । त्यस्तै प्रदेश सभा क का नवनिर्वाचित प्रदेश सभा सदस्य दिपक चर्तिमगरले बिरुवा गाउँपालिका २ का मतदातासँग भेटघाट गर्नु भएको थियो ।   
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...