अहिले तरंगमा

Songs

केहि छिनमा

Bichitra Sansar

समाचार

नमूना प्रदेशकोरुपमा विकास गर्छु ः मल्ल

news

वालिङ ४ पौष ।
स्याङजा क्षेत्र नम्वर २ प्रदेश ख का नवनिर्वाचित प्रदेश सभा सदस्य भागवतप्रकाश मल्लले आँफू बिजयी भएसँगै आफ्नो प्रदेशका मतदातालाई धन्यवाद दिंदै घरदैलोमा पुग्नुभएको छ । बिजयी मल्लले चापाकोट नगरपालिकाका विभिन्न वडाहरुमा मतदाताहरुसँग भेटघाट गरी धन्यवाद ज्ञापन गर्नुभएको हो ।
स्याङ्जा क्षेत्र नं. २ को प्रदेश ख बाट बिजयी हुनुभएका मल्लले सोमबार चापाकोट नगरपालिकाको वडा नं. ५ र ७ का खार्दी, भुरुङसिङ, हिलामराङ, बङराति लगायतका स्थानमा घरदैलो गरी पटसारमा पुगी कोणसभा गरिएको थियो । सभामा प्रदेश सभाका सांसद मल्लले यस प्रदेशलाई नमूना प्रदेशकोरुपमा विकास गर्न आँफू तत्पर रहेको प्रतिबद्धता जनाउँदै सबैले सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
प्रदेश सांसद जनताले नै बनाएको भन्दै जनताको ईच्छा र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता निर्वाचन अघि जस्तै यसपटक पनि दोहो¥याउनुभयो ।
नेपाली काँग्रेस साविक साँखर गाविस सभापति ज्ञानेश्वर बस्ताकोटीको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस युवा नेता बामन पौडेलले सक्षम र जुझारु युवा नेता स्याङजा क्षेत्र नम्वर २ को २ ले पाएको भन्दै अव विकास हुनेमा शंका नगर्न सवैलाई आग्रह गर्नुभयो ।
वडा अध्यक्ष एकदेव भट्टराईको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन माधब गैह्रेले गर्नुभएको नेविसंघ क्षेत्रीय सभापति धनराज पौडेलले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...