अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

उद्योग विकास अधिकृतलाई विदाई

वालिङ, ४ पौष ।
पुतलीबजार नगरपालिका ३ मा रहेको सूर्योदय क्लबले उद्योग विकास शाखा
पुतलीबजार प्रमुख शिवशंकर बानियाँको बिदाई एवं सम्मान
गरेको छ । निबृद्ध भै जान लाग्नुभएका बानियाँलाई क्लबले दोसल्ला र सम्मान
पत्रले सम्मान गर्दै बिदाई गरेको हो ।
कार्यक्रममा बानियाँले घरेलु तथा साना
उद्योगको सम्भावना बोकेको स्याङ्जाको समृद्धिमा ठुलो भुमिका हुने
बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त
गर्नुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रबिन्द्रप्रसाद श्रेष्ठ, सल्लाहकार गोबिन्दप्रसाद शर्मा, सुर्योदय बचत तथा ऋण सहकारीका अध्यक्ष हुमबहादुर कुमाल, उपाध्यक्ष बलराम दोरंगा लगायतले मन्तब्य राख्नुभएको थियो । क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न
कार्यक्रमको सञ्चालन सचिव रमेश गोदारले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...