अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

७० वर्षका मल्ल सुन्तला खेतिबाट २ लाख कमाउन सफल

news

वालिङ, ४ मंसिर
झट्ट हेर्दा उनी ६० वर्षका जस्तै देखिन्छन् । घरपरिवरि पुरै सुन्तलाका बँगैचा छन् । सुन्तलालाई स्याहारसुसार गर्ने, गाउँका अन्य किसानहरुको समस्या बुझ्दै समाधानतर्फ पहल गर्ने उनको प्राय दैनिकी नै हो तर उनी राजनिति क्षेत्रमा पनि उत्तिकै चासा राख्ने र सक्रिय पनि छन् । स्याङजाको भिरकोट नगरपालिका वडा नं. ५ साविक स्वरेक गाविस र्अचलेका ७० वर्षीय रुद्रबहादुर मल्लले यस वर्ष सुन्तला खेतिबाट २ लाख बढी आम्दानी गरेका छन् । मल्ल साढे २ दशकदेखि नै सुन्तला खेतिमा सरिक छन् ।  
पहिलो पहिलो घरको वरिपरि मात्रै सुन्तलाका रुखहरु देखिन्थ्ये भने आजभोली उनको सबै बारी नै सुन्तलाको बँगैचा बनेको छ । मल्ल भन्छन्,“काम गर्नको लागी उमेरले छेक्दैन् कामप्रतिको लगाव हुनु जरुरी छ” । राजितिक क्षेत्रमा पनि सक्रिय मल्ल स्तानीय निकायको चुनावमा वडाअध्यक्षको प्रत्यासी समेत हुन् । त्यस्तै स्वरेक कालिका सुन्तला तथा फलफुल समुहका अध्यक्षको रुपमा  रहेर किसानहरुलाई सुन्तला तथा फलफल खेतिको प्रेरित गर्ने गर्छन् । अर्याल भन्छन् “सुन्तला खेतिका लागी उत्तरपुर्व फर्किएको जमिन उपयुक्त हुन्छ । स्वरेक गाविसका चापपानी, महर्खक, थापागाउँलगायतका गाउँहरुमा कृषकहरुसंग समन्वय गर्नेगरेका छु” । मल्लकै सुझावमा थापागाउँका भिमबहादुर थापाको घरपरिवरि समेत सुन्तलाका बँगैचा छन् । यो वर्ष थापाको सुन्तलाले उत्पादन दिन शुरु नगरेपनि अर्को वर्ष भने उत्पादन दिने थापाले बताउनुभयो । थापाले भने “कृषितर्फ त्यति चासो दिने गदैर्नथेँ मल्लजीको संगतबाटै मेरोघरमा अहिले सुन्तालहरु भएका हुन्” । मल्लले त्यहाँका कृषकहरुलाई व्यवसायिक खेतिका लागी सल्लाहसुझाव समेत दिने गरेका छन् ।
मल्लले यसपटक सुन्तला पोखरामा लगेर विक्रि गरेका बताए । उनका अनुसार ५० देखि ७० रुपैँयामा सुन्तला विक्रि गरिएको हो । जिल्लामा सुन्तला फुलखेल्ने समयमा असिना परेका कारण उत्पादनमा पोहोरको तुलनामा यसपटक ३० देखि ३५ प्रतिशतसम्म घट्ने अनुमान गरिएको कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले बताए । सुन्तला पातलो भएपनि गे्रडिङको आधारमा सुन्तला विक्रि भएकाले कारोबारमा खासै असर नगरेको मल्लले बताए ।  विषेशगरी स्याङजाली सुन्तला मिठो स्वादको हुने भएकाले यहाँको सुन्तला बुटवल, पोखरा, काठमाडौ, भैरहवालगायतमा निर्यात हुने गरेको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...