अहिले तरंगमा

Good Morning Aandhikhola

केहि छिनमा

Nepal Bani Khabar

समाचार

प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने गृहकार्यमा सरकार

काठमाडौ, ४ पौष
 
सरकार प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने गृहकार्यमा जुटेको छ । कम्युनिष्ट गठबन्धनले विरोध गरे पनि १० पुसभित्रै अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्तीको गृहकार्यमा सरकार जुटेको हो ।
 
अस्थायी राजधानी तोक्नुपूर्व सरकारले विभिन्न संभावित क्षेत्रहरुको अध्ययन गरेको थियो । सरकारले एउटा प्रदेशका लागि दुई वा त्यो भन्दा बढी क्षेत्र प्रस्ताव गरेको थियो । तर निर्वाचन लगत्तै ती क्षेत्रबाट स्थानीय दलका प्रतिनिधीले आफ्नो क्षेत्रलाई प्रदेशको अस्थायी राजधानी तोक्न दवाव दिइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
 
प्रदेश नं ५ का लागि बुटवल र दाङ मध्य एक बनाउने आआफ्नो दवाव रहेको छ । यस्तै प्रदेश नं ३ को राजधानी ललितपुर र भक्तपुरलाई बनाउन छुट्टा–छुट्टै लविङ भइरहेका छन् । प्रदेश नं ४ बाहेक हरेक प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्नेबारे विवाद छ । सरकारले प्रदेशको राजधानी तोक्न सकिने सबै सम्भावित क्षेत्रमा प्रदेश कार्यालय रहने भवनहरुको अध्ययन भएको जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...