अहिले तरंगमा

Songs

केहि छिनमा

Bichitra Sansar

समाचार

सडकछेउमा राखिएको सुन्तला व्यापारबाट राम्रो आम्दानी

news

वालिङ, ५ पौष ।
म्ांसिर देखि फाल्गुनको महिना सुन्तला व्यापारको लागी निकै उत्तम समय हो । यतिबेला स्याङजाका विभिन्न स्थानहरुमा सडक छेउमा राखिएका सुन्तला व्यापारले राम्रो कारोबार गरिरहको छ । स्याङजाको सुन्तला खाना निकै स्वादिलो हुने भएपछि पोखरा, काठमाडौ, भैरहवा, धनगडी, बुटवल जाने गाडिका यात्रुहरुले कोसेलीको रुपमा लैजाने गरेका छन् । पुतलीबजार नगरपालिका १२ मायाटारीमा सडकछेउमा पहेँलपुर सुन्तलाहरु व्यापारको लागी राखिएका देखिन्छन् ।
सिद्र्धाथ राजमार्गहुँदै विभिन्न स्थानसम्म पुग्ने यात्रुबहाक गाडिहरु त्यहाँ रोकिन्छन र सुन्तला कोसेलीको रुपमा लैजाने गरेका व्यापारी टिका गैह्रेले बताउनुभयो । गैह्रेलगायत मायाटारीका अन्य महिलाहरुपनि सुन्तलाको कारोबार रामै्र गरीरहुनभएको छ । विहान ९ बजेबाट शुरु हुने व्यापार साँझ ५ बजेसम्म रहन्छ । गैह्रेले सुन्तलाको व्यापार गर्न थाल्नुभएको ४ वर्ष पुगेछ । उहाँका अनुसार सुन्तलाको सिजनअवधिभर उहाँले करिव डेढ लाख मुनाफा आर्जन गर्न सफल हुनुभएको अनुभव सुनाउनुहुन्छ ।
गाउँमा भएका सुन्तला ४० रुपैँयामा खरिद गर्ने र ७०÷८० रुपैँयामा दैनिक करिव  सय किलो सुन्तला बेच्ने गरेको उहाँले बताउनुभयो । ठेकेदारले सुन्तला टिपेको २५० रुपैँया ज्याला दिन्थे, गैह्रे भन्नुहुन्छ “त्यही समयमा मैले सोँचे दिनभरी अरुको सुन्तला टिपेर ढाईसय ज्याला लिनुभन्दा आँफैले यो व्यापार किन नगर्ने भनी हामी महिलादिदिबहिनीहरुको सल्लाहमा यो व्यापारमा लाग्यौँ” ।  त्यस्तै केशरी रुचालको अनुभव समेत त्यही छ । रुचाल भन्नुहुन्छ, “सुन्तलाको ४ महिनाको सिजनमा आफैँले व्यापार गर्दा रामै आम्दानी हुने गरेको छ” । सिजनको व्यापारबाट गरिएको आम्दानी उहाँहरुले घर¥यासी कारोबार तथा छोराछोरीको पढाई खर्चमा खर्च गरेको बताउनुभयो । मायाटारी र पेलाकोटको समेत सुन्तला खरिद गरी उहाँहरुले बेच्ने गर्नुभएको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...