अहिले तरंगमा

Songs

केहि छिनमा

Bichitra Sansar

समाचार

पिडीखोलामा पहिलो पटक हाते टयाक्टर प्रयोगमा

वालिङ, ५ पौष ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ६ पिडीखोलाका कृषकहरु हाते ट्याक्टरप्रति आकर्षित भएका छन् । जमिन खनजोत गर्न गोरुको आवश्यकता पर्ने तर गोरु पाल्न छाड्दै गएकाले समस्या उत्पन्न भएको बेला हाते टयाक्टर विकल्पकोरुपमा हेरिएको छ । पिडीखोलाका खेती हुने ठाउँमा पहिलो पटक हाते ट्याक्टर प्रयोगमा आएपछि किसानलाई सहज भएको छ । गोरुमा निर्भर रहेर खेती गर्दै आएका पिडीखोलाका किसानलाई अव खेती गर्न सहज हुने भएको छ ।
समयमै खेतीपाती गर्न सकिने, बाँझो रहेका जमिनमा खेती गर्न सकिने भएपछि  किसानहरु खुसी भएका छन् । प्रशस्त पानी र खेतीयोग्य जमिन भएको वेशीमा अव मौसमी तथा बेमौसमी तरकारी बाली लगाउन सकिने भएको स्थानीय कृषकहरु बताउँछन् ।
पिडीखोलामा अहिले आलुखेतीतर्फ कृषकको आकर्षण बढेको छ । विगतका वर्षका तुलनामा अहिले आलुखेतीलाई थप क्षेत्रफलमा विस्तार गरिएको छ । बाँदर र दुम्सीबाट आलु जोगाउन सकियो भने आलु खेतीबाट प्रशस्त आम्दानी गर्न सकिने स्थानीय यमलाल पाण्डेले बताउनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...