अहिले तरंगमा

Bal Sansar

केहि छिनमा

Aandhikhola Khabar

समाचार

चुनावी प्रचारमा गरिएका प्रतिवद्धताहरु पूरा गर्ने नवनिर्वाचित सांसादहरुको आश्वासन

news

वालिङ ५ पौष ।
मंसिर २१ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै बिजयी बनेका तथा पराजित भएका उम्मेदवारहरु पुनः मतदाताको घरदैलोमा पुगेका छन् ।
नवनिर्वाचित सांसदहरु यतिबेला मतदाताहरुलाई धन्यवादसहित चुनावी प्रचार प्रसारमा गरिएको प्रतिवद्धताहरु पूरा गर्ने आश्वासनकालागि घरदैलोमै रहनुभएको हो । यसैबीच मंगलबार क्षेत्र नं. २ का सांसद पदमा अर्याल र प्रदेश सांसद मोहन रेग्मीसहितको टोलीले वालिङ ६ को मिर्दी, आँपडाली, फापरडाँडा, तार्कुडाँडा, रसखोला र पाँडेगाँउका मतदाताहरुलाई घरमै पुगेर धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ ।
त्यस्तै यता वालिङ १ को रामबाच्छा, त्रियासी, खहरे हुँदै मन्स्याङकोटमा पुगेर सकिएको छ । यतिबेला जनताहरु निर्वाचित सांसदहरुलाई आफ्नै घरदैलोमा देख्दा खुसी हुँदै विभिन्न स्थानहरुमा पुग्दा स्थानीयले निर्वाचित सांसदहरुलाई स्वागत तथा सम्मान गरेका छन् ।
मतदाता धन्यावद कार्यक्रममा सांसद अर्याल र रेग्मीले जिल्लालाई नमुना जिल्लाको रुपमा विकास गर्न अहोरात्र खट्ने भन्दै जनताको विश्वास र भरोसालाई अझ उचो राख्न प्रयत्नशिल रहने बताउनुभयो । यसैबीच उता
प्रतिनिधी र प्रदेश सभामा नबनिर्वाचित सदस्यले निर्वाचनमा मतदान गर्ने
मतदातासगँ   भेटघाटमा तिब्रता दिएका छन् । मतदातालाई धन्यबाद दिन
नबनिर्वाचित प्रतिनिधी र प्रदेश सभा सदस्यले क्षेत्र नं १ को बिरुवा र हरिनाश
गाउँ पालिकामा पुगेका हुन् । मतदाता भेटघाट तथा बिजय उत्सबमा क्षेत्र नं १
बाट प्रतिनिधी सभा सदस्य नारायण प्रसाद मरासिनीले जनताको मतको उच्च
मुल्याङ्कन गर्ने बताउनुभयो । 
उहाँले देशको निकासका लागि बाम गठबन्धन
रोज्नु भएकोमा मतदातालाई धन्यबाद ब्यक्त गर्नुभयो । कार्यक्रममा माओबादी
केन्द्रका जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, प्रदेश सभा खका प्रदेश सभा सदस्य मिन
प्रसाद गुरुङ्, दिपक चर्तिमगर, माओबादी केन्द्रका जिल्ला सहसंयोजक खिम कुमार
बिक, बिरुवा गाउँपालिकाका अध्यक्ष चुन प्रसाद शर्मा, हरिनाश गाउँपालिकाका
अध्यक्ष खिम नारायण मानन्धर लगायतले जन चाहाना अनुसार बिकास निर्माण गरिने बताउनु भएको थियो । 
त्यस्तै उता क्षेत्र नं. २ ख का प्रदेश सभा सांसद भागवत प्रकाश मल्लले आँफू बिजयी भएका प्रदेशका विभिन्न गाउँहरुमा मतदातालाई धन्यवाद दिंने क्रमलाई निरन्तरता दिनुभएको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...