अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

ग्रामिणस्तरमा सडक, खानेपानी, शिक्षा, स्वस्थ्यजस्ता आधारभुत आवश्यकताहरुको परिपुर्तिका लागी विषेश पहल हुनेछ ः सांसद अर्याल

news

वालिङ, १२ पौष ।
नवनिर्वाचित प्रतिनिधि सांसद पद्मा अर्यालले जनताको मतको कदर गर्दै जिल्लाका ग्रामिणस्तरमा सडक, खानेपानी, शिक्षा, स्वस्थ्यजस्ता आधारभुत आवश्यकताहरुको परिपुर्तिका लागी विषेश पहल गर्ने बताउनुभएको छ । आज भिरकोट ५ को विभिन्न स्थानहरुमा मतदाता भेट तथा धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले साविक स्वरेक गाविसमा पर्यटकीय स्थालहरुको प्रचर संभावना रहेकाले स्थानीय निकायसंग समन्वय गर्दै यसको स्तरउन्नतिमा टेवा पु¥याउने प्रतिवद्धता जनाउनुभयो । सांसदअर्याललाई साविक स्वरेक गाविसका सिम्ले, स्वामीडाँडा, तिलहारनेटा, स्वरेक भञ्याङ, कोलपोखरीलगायतका स्थानहरुमा स्थानीयले स्वागत तथा सम्मान गरेका थिए । त्यहाँका स्थानीयहरुले ग्रामिण सडक, खानेपानी जस्ता विषयमा पहल गरिदिन आग्रह गरेका छन् ।
 
त्यस्तै उता भिरकोट ९ को सिर्कोट, साउन्दी, चराङ, ज्यामिरे, ठुलीभञ्याङलगायतका स्थानहरुमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अर्यालले भौगोलिक विविधता रहेको हाम्रो जिल्लामा अनेकौँ भौगोलिक बाधा समस्या रहेपनि विकास ग्रामिणस्तरबाटै हुनुपर्ने बताउनुभएको छ । जनताले जसरी आँफूलाई आशा र भरोसा गरी मतदिएका छन् त्यसरीनै जनताको मनोभावना अनुसार काम गर्ने बताउनुभएको छ । कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मीले ग्रामिण क्षेत्रलाई विकास गर्नका निम्ति पर्यटकीय तथा धार्मिक ऐतिहासिक क्षेत्रको विकास गर्नुपर्ने आवश्यक रहेको बताउनभयो । पर्यटकीय संभावना बोकेका स्थलहरुमा होमिस्टेको प्रर्वद्धन गर्नुपर्ने बताउँदै ग्रामिण सडकको स्तरउन्नति पनि उत्तिकै महत्वपुर्ण पक्ष रहेको बताउनुभयो । द्धोय अर्याल र रेग्मीले नवनिर्वाचित टिमले समग्र जिल्लाको विकास र समृद्धिका लागी अहोरात्र खट्ने प्रतिवद्धता जनाउनुभएको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...