अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व बिषयक अन्र्तक्रिया स्याङजामा गरियो

वालिङ, १२ पौष ।
स्याङजा सदरमुकाममा भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व बिषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय सर्तकता केन्द्र काठमाण्डौंको आयोजना तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सहआयोजनामा अन्र्तक्रिया गरिएको हो । अन्र्तक्रियामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले जिल्लामा संचालित साना देखि ठूला योजनासम्ममा हुने भ्रष्टाचारका बिरुद्ध सबै सचेत नागरिक एकहुनु पर्ने बताउदै अनियमितताका बिरुद्धमा आवाज उठाउन आग्रह गर्नुभयो । 
कार्यक्रममा भ्रष्टाचार नियन्त्रणमा राष्ट्रिय सतर्कता केन्द्र एवं सम्पति विवरणका बारेमा प्रहरी नायब अतिरिक्त महानिरिक्षक रोशननाथ पन्तले, प्राबिधिक परीक्षण सम्बन्धी सिनियर इन्जिनियर हरिवहादुर थापा र नागरिक वडापत्र कर्यान्वयन सम्बन्धी शाखा अधिकृत केशव ज्ञवालीले ३ वटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका शाखा अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो । अन्र्तक्रिया सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुखरुको सहभागिता थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...