अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Bhanchhin Aama

समाचार

स्नातक प्रथम वर्षका विद्यार्थीलाई स्वागत

वालिङ, १२ पौष ।
अनेरास्ववियू दहथुम बहुमुखी क्याम्पस कमिटिले स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख नेत्रनारायण रेग्मीले अनेरास्ववियू क्याम्पस कमिटिले विद्यालयको भौतिक विकास तथा शैक्षिक विकासका लागी अनुकरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा दहथुम उच्च मावि तथा अन्य विद्यालयबाट १२ कक्षा उत्तिर्ण गरी स्नातक तह प्रमथ वर्षमा आएका विद्यार्थीहरुलाई शिक्षाको उच्च सफलताको कामना गर्दै स्वागत गरिएको थियो । कमिटि अध्यक्ष सागर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पार्वती अर्याल र स्वागत अर्जुन भुसालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...