अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

५ दिने उद्घोषण कला तथा प्रस्तावना प्रतिवेदन लेखन तालिम विरुवामा

वालिङ, १२ पौष ।
विरुवा गाउँपालिका १ नं वडा कार्यालयको आयोजनामा ५ दिने उद्घोषक तथा प्रस्तावना प्रतिवेदन लेखन सम्बन्धी तालिम बुधबारबाट शुरु भएको छ ।
तालिमको समुद्घाटन कार्यक्रममा विरुवा गा.पा.का अध्यक्ष चन्द्रप्रसाद शर्मा, विरुवा गा.पा.का प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, विरुवा गाउँपालिका १ नं वडाका अध्यक्ष युवराज के.सी, विरुवा गा.पा. १ नं वडा कार्यालयका सचिव गणेश बन्धु रेग्मी, वडा सदस्य भुवनेश्वर शर्मा, ठाकुर प्रसाद वाग्ले, रिता राना, विष्णु दर्जी लगायतले बाल्नुभएको थियो ।
५ दिन सम्म चल्ने तालिममा पत्रकार चुत्रबहादुर महत एशिव र पुरन गैरे शर्माले प्रशिक्षण दिनुहुनेछ । चामु थापाको स्वागत र डोली वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तारा कार्कीले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...