अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

सरसम्मान सत्ता हस्तान्तरण गर्ने र विपक्षमा बस्ने कागे्रसका महामन्त्री डा. कोईराला

news

वालिङ १६ पौष ।
नेपाली काँग्रेसका महामन्त्री डा शसांक कोईरालाले निर्वाचनको सम्पूर्ण प्रक्रिया पुरा भएपछि काँग्रेसले सरकार छाड्ने बताउनुभएको छ । शनिबार स्याङजाको आँधीखोला गाउँपालिका १ स्थित सिरुबारीमा स्व. पुर्व सांसद क्या. रुद्रमान गुरुङको सालिक अनावरण तथा तमूहरुको महानपर्व ल्होसारको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोईरालाले सरकारले पाएको जिम्मेवारी पुरा गरेपछि सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आतुर रहेको बताउनुभएको छ ।  डा. कोईरालाले कागे्रसले सत्ता सरसम्मान सत्ता हस्तान्तरण गर्ने र विपक्षमा बस्ने बताउँदै राम्रो काममा सरकारको सर्पोट र नराम्रो काममा खबरदारी गर्ने बताउनुभयो । उहाँले जनताको जनमतलाई शिरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो । साथै उहाँले स्याङजाको सिरुबारीगाउँ मुलुकको ऐतिहासिक स्थल पर्यटकीय स्थल तथा होमिस्टे प्रर्वद्धन तथा संर्वद्धन गर्नको लागी कागे्रस पार्टी र सरकार सँधै  लागी पर्ने बताउनुभयो । 
कार्यक्रममा पुर्व सांसद तथा जिल्ला सभापति कमलप्रसाद पंगेनी, पुर्व सांसदद्धोय राजु थापा, शंकर पाण्डे, कागे्रसका नेता तुल्सी स्वां गुरुङ होमिस्टेको अभियान्ता मात्र नभई पार्टीका सच्चा र ईमान्दार नेता रहनुभएको बताउँदै उहाँको अभियानलाई सफल पार्न सबै प्रतिवद्ध रहेको बताउनुभयो । स्याङजामा रहेको सिरुबारी होमिस्टेले जिल्लालाई देश तथा विदेशमा चिनाउन सफल भएकाले यसलाई व्यवस्थित रुपले विकास गर्न पुर्ण लागिपर्ने बताउनुभयो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । जुमकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सरस्वति गुरुङले गर्नुभएको पत्रकार श्रीकृष्ण  सिग्देलले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...