अहिले तरंगमा

bhajan

केहि छिनमा

Nepali khabar

समाचार

तमू ल्होसार स्याङजामा धुमधामका साथ मनाईयो ।

news

वालिङ १६ पौष ।
तमू समुदायको महान पर्व तमू  ल्होसार  धुमधामका साथ स्याङजामा मनाईएको छ । तमु समाज सेवा समिति वालिङले समेत तमू ल्होसार विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रम अनुसार शनिबार विविध सांस्कृतिक कार्यक्रम सहित मनाएको हो । कार्यक्रममा बोल्दै सांसद पद्मा अर्याले हाम्रो मुलुक बहुजातिय र बहुभाषिक रहेकाले यहाँका विभिन्न जातिय परम्परा तथा संस्कृतिले नेपालीको सम्बन्ध अझ प्रगाढ बनाएको बताउनुभयो । कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले गुरुङ समुदायको महान पर्वका अवशरम शुभकामना व्यक्त गर्दै आ–आफ्नो रितितिथिलाई सम्मान गर्नुपर्ने बताउनुभयो । 
यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन टिकराज गुरुङ र स्वागत पुर्णबहादुर गुरुङले गर्नुभएको थियो । यसैबीच भोले छोपाई खेलमा पुनम गुरुङ, पिठो दौडमा नितिसा गुरुङ, द्धितियमा भाग्य गुरुङ, तृतिय कृपा गुरुङ, चम्चा दौडमा प्रथम रुपा गुरुङ, द्धितियमा कविता गुरुङ, तृतियमा अभिशेक गुरुङ, बेलून फुटाईमा प्रथम युजिना गुरुङ, द्धितियमा अनिता गुरुङ तृतियमा समिप गुरुङ भएका छन् भने म्युजिकल चियरमा सुस्मिता गुरुङ प्रथम, द्धितियमा कृपा गुरुङ, तृतियमा आशा गुरुङ, स्लो बाईक  रेसमा प्रथम प्रकाश गुरुङ, द्धितियमा मिलन गुरुङ भएका छन् । 
उता वालिङ ५ जगतभञ्याङ पित्लेकमा तमूहरुको महान पर्व ल्होसारको अवशरमा कोइबो उद्दघाटन गरिएको छ । तमू समाज सुधार समिति पित्लेकद्धारा तमूसमुदायको मन्दिर आज एक समारोहका बीच उद्दघाटन गरिएको हो । मन्दिरको उद्दघाटन गर्दै प्हेलू संघ केन्द्रिय प्रथम उपाध्यक्ष आईबहादुर गुरुङले गुरुङ संस्कृतिको संस्कार संस्कृतिको संरक्षण गर्न सम्पुर्ण गुरुङ समुदाय एकजुट हुनुपर्ने ब बताउनुभयो । कार्यक्रममा परिषदका उपाध्यक्ष ल्या.यामबहादुर गुरुङ, क्या विरबहादुर गुरुङ, कागे्रसका क्षेत्रिय सचिव नरबहादुर पौडेल, साविक जगतभञ्याङका पुर्व गाविस उपाध्यक्ष पुर्णबहादुर गुरुङ, चन्दादाता दिलबहादुर गुरुङ, वडा अध्यक्ष ढाकाराम पंगेनी, पुर्व स्रोतव्यक्ति भोजराज गुरुङ, क्लेह्ेत्रीगुरु कान्छा गुरुङ, पच्यु गुरु ओमप्रकाश गुरुङलगायतले बोल्नुभएको थियो ।
मन्दिर कुल २६ लाख ४५ हजार १ सय ७० को लागतमा निर्माण सम्पन्न गरिएको समितिका कोषाध्यक्ष महेश गुरुङले बताउनुभयो । समितिको ६८ हजार ७ सय २०, अन्य चन्दादाताहरुबाट संकलित २४ लाख ९१ ह्जार ५ सय ९८ गरी मन्दिर निर्माण गरिएको हो । अपुग रकम अन्यस्रोतबाट पुरा गरिनेछ । समितिका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तमू ह्युँला छोजधी गुरुङ राष्ट्रिय परिषद ईकाई अध्यक्ष देउबहादुर गुरुङ, सञ्चालन समितिका सचिव तिलक गुरुङ, ईकाइ सचिव गुमान गुरुङ र सिर्जना युवाक्लबका सहसचिव प्रिया गुरुङले गर्नुभएको थियो । उद्दघाटन पुर्व तमू भेषभुजासहितको ¥यालीले आरुपाटा हुँदै पित्लेकको मन्दिर प्राङगणमा आएर सकिएको हो । कार्यक्रममा गुरुङ जातिको घाटूनाँचसहित सांस्कृतिक प्रस्तुति राखिएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...