अहिले तरंगमा

Nepal Khabar

केहि छिनमा

Aandhikhola Khabar

समाचार

स्याङजा उद्योग वाणिज्य संघमा लोकतान्त्रिक व्यानल विसयी

वालिङ, १६ पौष ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३६ औ साधारणसभा तथा १७ औ
अधिबेशनमा लोकतान्त्रिक व्यानलका बिक्रान्त कुमार श्रेष्ठ सुवर्णको प्यानलले जित हात पारेको छ । श्रेष्ठले बामगठबन्धनकी नन्द कुमारी लम्साल निर्मलालाई एक सय ९८ मतको अन्तरले पराजित गर्नु भएको हो । पुस ७ गते उद्घाटन गरिएको अधिबेशनको १४ गते मतदान भएको थियो ।  श्रेष्ठले ५ सय ५१ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्द्धी लम्सालले ३ सय ५३ मत पाउनु भएको थियो । त्यस्तै उपाध्यक्ष रबिन्द्र श्रेष्ठ ६ सय ४०, प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ ५ सय ५६, द्धितिय उपाध्यक्ष महादेब श्रेष्ठ ५ सय ९५, तृतिय उपाध्यक्ष सुनिता पौडेल ५ सय ३५, महासचिब भिम कुमार श्रेष्ठ, ५ सय ८८, सचिव आशिष लम्साल ५ सय ७७, सहसचिब सुन्दर कुमार श्रेष्ठ, ६ सय ६, कोषाध्यक्ष राजन प्रसाद घिमिरे ४ सय ७३, सह कोषाध्यक्षमा नारायण प्रसाद ढकाल ५ सय १९ मतक बिजयी हुनु भएको हो । त्यस्तै सदस्यमा सदस्यमा सुस्मिता श्रेष्ठ, रामचन्द्र नेपाल,
अर्जुन थापा, दिपक कुमार श्रेष्ठ, महमद सरिफ मियाँ, उर्मिला बस्नेत रानाभाट,
लक्ष्मण प्रधान र बाबुराम पाण्डे बिजयी हुनु भएको हो । 
२०१३ सालमा स्थापना भएको देशको जेठोस्याङ्जा जिल्ला उद्योग बाणिज्य संघको ३ वर्षे कार्यकालका लागि कार्यसमिति पहिलो पटक निर्वाचनको माध्यमबाट चयन गरेको हो । १ हजार ८५ मतदाता रहेको संघको विर्नाचनमा नौ सय १९ आर्थत ८३ प्रतिसत मत खसेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...