अहिले तरंगमा

Lok Chaoutari

केहि छिनमा

Aandhikhola Khabar

समाचार

मनोहर सहकारँीको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेसन

वालिङ १६ पौष ।
वालिङ ६ ढलेको स्वामी स्थित मनोहर बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेसन शनिबार सम्पन्न भएको छ । साधारण सभाको समाजसेवी टिकाराम अर्यालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै संस्थाका सल्लहकार पुण्यप्रसाद अर्यालले सहकारी संस्थाहरु जनताको सेवामा हरसंभव प्रयासरत रहेको बताउँदै सहकारी संस्थाहरुले स –साना पुँजीहरुलाई एकिकृत गर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवीहरु सिता सिग्देल अर्याल, यज्ञ अर्याललगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष डिल्लीराज अर्यालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तेस्रो अधिवेसनले पुन डिल्लीराज अर्यालको अध्यक्षतामा समिति गठन गरेको छ । उपाध्यक्षमा खेमराज अर्याल, सचिवमा नन्दुराज अर्याल, र कोषाध्यक्षमा कमलप्रसाद अर्याल रहुनभएको छ । अन्य सदस्यहरु रहेका छन् । अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पनन कार्यक्रमको सञ्चालन सचिव कमलप्रसाद अर्यालले गर्नुभएको थियो ।  संस्थाले ८० वर्षभन्दा माथिका ५ जना जेष्ठ नागरिक र एसइईमा उत्कृष्ठ हुने ८ जना विद्यार्थीहरुलाई सम्मान समेत गरेको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...