अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Bhanchhin Aama

समाचार

तमू ल्होसारको अवशरमा नवनिर्वाचित सांसदद्धारा शुभकामना व्यक्त

news

वालिङ १६ पौष ।
नवनिर्वाचित सांसद पद्मा अर्यालले आज तमूहरुको महान पर्व ल्होसारको अवशरमा सम्पुर्ण तमू समुदायहरुको लागी शुभकामना व्यक्त गर्नुभएको छ । तमू ल्होसारका अवशरमा आयोजित वालिङ र बयरघारीमा भएको कार्यक्रममा बोल्दै अर्यालले यस्ता विभिन्न जातिय परम्परा तथा संस्कृतिले हामीबीच एक आपसमा भातृत्व सद्भावको विकास गर्ने बताउनुभयो । त्यस्तै आज अर्यालले वालिङ ११ को अमले, डौँवा, तितापानी, माथिल्लो गाउँ र टापूभञ्याङमा मतदाताहरुसंग भेट गरी धन्यवाद व्यक्त गर्नुभएको छ । त्यस्तै यता भिरकोट ५ को गडिभञ्याङमा मतदाताहरुसंग भेट गरी मतदाताहरुप्रति आभार तथा धन्यवाद  व्यक्त गर्नुभएको छ । मतदाता भेटका क्रममा सांसद अर्यालले मतदाताहरुको आशा र भरोसालाई उच्च राख्नको निमित्त जनताको हकअधिकार र सेवासुविधाको लागी कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । भेटघाट तथा धन्यवाद कार्यक्रममा त्यहाँका स्थानीयहरुले सांसद अर्याललाई स्वागत तथा सम्मान गरेका थिए ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...