अहिले तरंगमा

Bal Sansar

केहि छिनमा

Aandhikhola Khabar

समाचार

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस स्याङजामा पनि मनाईयो

वालिङ १७, पौष ।
राष्ट्रियता, प्रजातन्त्र र समृद्धि मेलमिलापबाट मात्रै सुनिश्चित गर्न सम्भव हुने भन्दै नेपाली कांँग्रेसले आईतबार बिभिन्न कार्यक्रम गरी ४२ औं राष्ट्रिय मेलमिलाप दिवस मनाईएको छ । काँग्रेसले आफ्ना नेताहरु विसं २०३३ मा राष्ट्रियता जोगाउन मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्कनुभएको दिन पुस १६ गतेको स्मरण गर्दै आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
यसैबीच दिवसको अवसरमा कांँग्रेस र उसका भ्रातृ संगठनले स्याङ्जा सहित देशभर बिभिन्न कार्यक्रम गरी ४२ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएका छन् । यसैबीच यता काँगे्रस वालिङ नगर समितिले विचार गोष्ठीका आयोजना गरी मेलमिलाप दिवस मनाएको छ । विचार गोष्ठीमा प्रजातन्त्र सेनानी सूर्यप्रसाद रेग्मी, नेता जीवलाल काफ्ले, दामोदर लम्साल, भोजराज गुरुङ, नरप्रसाद पौडेल लगायतले काँगे्रस पार्टीले मेलमिलापको नीतिलाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्ने भन्दै नयाँ व्यवस्थापनका साथ पार्टी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । कार्यक्रम नगर समिति कार्यबहाक सभापति भिमलाल सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन भुपराज बगालेले गर्नुभएको थियो । यसैबीचराष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर स्याङजा गल्याङ नगरपालिका वडा नम्बर ३ बल्पुकमा सम्मान कार्यक्रम गरिएको छ । कल्ड स्पोर्ट क्लब बल्पुकको आयोजनामा स्याङ्जा क्षेत्र नम्बर २ ख का प्रदेशसभा सांसद भागवतप्रकाश मल्ललाई सम्मान गरिएको हो । कार्यक्रम प्रदेशसभा सांसद मल्लले नेपालको राष्ट्रियता बचाउन बीपीले खेल्नुभएको भुमिका सवैले स्मरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले निर्वाचनमा आँफूलाई विजयी गराउन सहयोग पु¥याएको भन्दै आम मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो । साथै अव विकासका लागि धोका खुलिसकेको बताउदै युवा स्वरोजगार, महिला सशक्तिकरणलाई विशेष प्राथमिकता दिंदै यस प्रदेशको समग्र विकासमा लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य श्यामप्रसाद बस्याल, नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि गुरुप्रसाद भट्टराई, पूर्व महाधिवेसन प्रतिनिधिद्वय लालगोपाल अर्याल, महेन्द्र श्रेष्ठ, खगीसरा भण्डारी, काँग्रेस नेता शालिकराम बस्याल लगायतले देशभित्रका समस्या समाधानका लागि देशभित्रबाटै समाधान गर्नुपर्ने बताउनुभएको थियो । क्लबका अध्यक्ष कृष्ण बस्यालको सभापतित्वमा भएको कार्यक्रमा सञ्चालन सचिव प्रतिमा भट्टराई बस्यालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...