अहिले तरंगमा

Nepal Bani Khabar

केहि छिनमा

Lok Chaoutari

समाचार

अस्थिरता सदाकालागि अन्त्य ः सांसद अर्याल

वालिङ १७ पौष ।
नवनिर्वाचित सांसद पदमा अर्यालले बाम गठबन्धनका पक्षमा बहुमत आएसंँगै मुलुकमा राजनीतिक अस्थिरता सदाकालागि अन्त्य भएको बताउनुभएको छ । अर्यालले गठबन्धनको सरकारले संविधानको कार्यान्वयन र राजनीतिक स्थायित्वका लागि सबै दलसंँग मिलेर अघि बढ्ने समेत बताउनुभएको छ । अर्यालले राष्ट्रलाई एकताबद्ध गरी आइपरेका राजनीतिक समस्या समाधान गर्दै सबै दल मिलेर विकास र समृद्धि उन्मुख हुन हुने बताउनुभएको हो । अर्यालले आईतबार वालिङ नगरपालिका वडा नं. ५, चापाकोट नगरपालिकाका विभिन्न स्थानहरुमा मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दिलीपकुमार बगाले, एमाले जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, रामचन्द्र भट्टराई, शर्मिला पौडेल, विश्वनाथ अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...