अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

स्याङजामा सञ्चालित सोलार मुसका दुई वटा योजनाको अनुगमन तथा समुदायलाई योजना आईतबार हस्तान्तरण

वालिङ १७, पौष ।
रिन्यूयवल वल्र्ड, सप्रोस नेपाल, आई डी.ई. नेपाल र आँधीखोला सामुदायिक बिकास केन्द्र स्याङ्जाको संयुक्त साझेदारीमा सञ्चालित सोलार मुसका दुई वटा योजनाको अनुगमन तथा समुदायलाई योजना आईतबार हस्तान्तरण गरिएको छ । सोलार मुस दोश्रो कार्यक्रम अन्तर्गत पुतलीबजार नगरपालिका ३ भाईटारीमा र चापाकोट नगरपालिका १ मगरेमा निर्मित खानेपानी योजनाको अध्ययन तथा अवलोकन गरिएको हो । अवलोकन तथा समुदायलाई योजना हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख तथा परियोजनाका सल्लाहकार सीता सुन्दासले साझेदारीमा सञ्चालित योजनाको संरक्षण र पानीको सहि सदुपयोग गर्दै तरकारी खेती लगायत अन्य आय आर्जनमा लगानी गर्न समुदायलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल, समन्वय समितिका शाखा अधिकृत यामप्रसाद रेग्मी, आईडीई नेपालका क्षेत्रीय प्रमुख बालकृष्ण थापा मगर, रिन्युयवल वल्र्ड स्याङ्जाका प्रमुख गंगा आचार्य, चापाकोट नगरपालिका १ का वडा अध्यक्ष टिकाराम तिवारी, भाइटारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर कार्की, मगरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर थापा, स्थानीय उपभोक्ताहरु अनन्तकुमार श्रेष्ठ, दुर्गा भण्डारी, मीनबहादुर राना लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा आँधीखोला सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक ऋषिराम पौडेलले सहजीकरण गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...