अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

५ दिने उद्घोषण कला तथा प्रस्तावना प्रतिवेदन लेखन तालिम विरुवामा सम्पन्न

वालिङ १७, पौष ।
विरुवा गाउँपालिका वडा नं १ वडाकार्यालयको आयोजनामा स्थानीय आमासमुहहरुको लागी ५ दिने उद्घोषक तथा प्रस्तावना प्रतिवेदन लेखन सम्बन्धी तालिम आईतबार सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा विरुवा गाँउपालिका अध्यक्ष चुनप्रसाद शर्माले आमा समुह समाजमा विभिन्न रचनात्मक तथा सकरात्मक परिर्वतनका साथै विकास निर्माणमा समेत महत्वपुर्ण भुमिका निर्वाह गर्ने बलियो पक्ष भएकाले उद्दघोषण तालिमले आमाहरुलाई थप अगाडि बढ्नको लागी टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष युवराज के.सी, प्रमुख प्रशिक्षक चुत्रबहादुर महत, वडा सदस्य भुवनेश्वर शर्मा, ठाकुर प्रसाद वाग्ले, रिता राना, विष्णु दर्जी, प्रशिक्षार्थीहरु कुसुम श्रेष्ठ, यमुना लम्साल, पवित्रा खत्रि, सुनिता अधिकारी, नन्दकुमार खड्कालगायतले बाल्नुभएको थियो ।
वडाका ११ आमासमुहका ४६ जना महिलाहरुको सहभागिता रहेको तामिमा पत्रकार चुत्रबहादुर महत र पुरन गैरे शर्माले प्रशिक्षण दिनुभएको थियो ।  यामकला शर्माको स्वागसंगै शुरु भएको कार्यक्रम डोली वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन तारा कार्कीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...