अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

पर्यटकको रोजाई बन्दै बाहुनथान

news

वालिङ, २० पौष ।
स्याङजाको वालिङ ११ मा रहेको बाहुनथान पर्यटकको रोजाईमा पर्न थालेको छ । पछिल्लो समय गरिएको व्यवस्थापनले गर्दा बाहुनथान आन्तरिक पर्यटकको गन्तव्य स्थलको रुपमा विकास भएको छ । वालिङ बजार फाँटबाट देखिने एक्लो स्वामीको रुखले त्यहाँको दृष्यलाई झनै मनमोहक बनाएको छ । यो समय पिकनिक र भ्रमणको लागी उपयुक्त समय भएकाले पनि बाहुनथानमा हरेक दिन २० देखि ३० जनाले भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । जाडोको समय पारिलो घामसंगै वालिङ बजारका फाँटहरु र आँधीखोलाको मनमोहक दृष्यअवलोकन गर्नका लागी जोकोही पनि लालायित हुने गर्छन् ।
पर्यटकको सुविधालाई मध्यनजर गर्दै ग्रामिण सडकको स्तरउन्नति, पिउने पानीको व्यवस्था, विजुली बत्तीको व्यवस्था, पानी पर्दा ओत लाग्ने भवनको निर्माण गरिएसंगै अहिले घुम्न र पिकनिकको लागी बाहुनथान हरेकको रोजाईमा पर्ने गरेको छ । बाहुन  थान पर्या पर्यटकीय उद्यानका अध्यक्ष गोविन्द पंगेनीका अनुसार सुरक्षाको लागी बाहुनथानलाई तारजालीले घेरिएको केहि भागमा विपि बाटिका निर्माणको लागी १०८ विभिन्न प्रजातिका विरुवाहरु र्हुकँदो अवस्थामा रहेको छ ।
पंगेनीले भन्नुभयो, “बाहुनथानलाई पर्यकटीय स्थलको रुपमा विकास गर्नको लागी स्वामीको रुखमा चौपारी चिन्ने, सिस्तुङदेखि ट्रयाकीङको व्यवस्था गर्ने योजना बनाएको छौँ ।” भगवानशिव, राधाकृष्णको मन्दिर स्थापना गर्ने पानीको थप सजहताको लागी ट्याङकी निर्माण गर्ने भ्यु टावरको निर्माण गर्ने समेत लक्ष्य राखिएको पंगेनीले बताउनुभयो । पंगेनीका अनुसार वन विभागबाट प्राप्त सहयोग रकमले त्यहाँको व्यवस्थापनलाई सहजता मिलेको छ । वालिङ नगरकार्यपालिकाले समेत बाहुनथानलाई पर्यटकको गन्तव्यको रुपमा विकास गर्नको लागी ५ लाख रकम विनियोजन गरेको छ ।
वालिङबाट करिव २ किलोमिटरको कच्ची मोटरबाटो मार्फत जान सकिने बाहुनथानको उक्त डाँडो केहि समय पहिलो गौचरनको रुपमा रहेको थियो । जाडो समयमा पारिलो घाम र गर्मी समयको मिल्ने सितलताको लागी मानिसहरुले बाहुनथानलाई रोज्न थालेसंगै अहिले पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको हो । बाहुनथानलाई आन्तरिक तथा बाह्य पर्यकटको थप आर्कषणको रुपमा विकास गर्न वालिङ नगरकार्यपालिकाले समेत जोड दिँदै आएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...