अहिले तरंगमा

Songs

केहि छिनमा

Bichitra Sansar

समाचार

सामाजिक विकासप्रति बैकको योगदान

news

वालिङ २०, पौष ।
मुक्तिनाथ विकास बैंकले १२औं स्थापना दिवसको अवसरमा वालिङ स्थित भुम्रे माध्यमिक विद्यालयमा अध्यनरत फरक क्षमता भएका बालवालिकालाई न्यानो कपडा र खानेपानीको ट्याङ्की हस्तान्तरण गरेको छ ।
११ जना अध्ययनरत रहेका फरक क्षमता भएका वालवालिकालाई जाडोको न्यानो कपडा वितरण गरेको हो । न्यानो कपडा वितरण गर्दै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा बैंकका प्रमोटर शोभाकान्त पौडेलले बैंक नाफामुखी मात्रै नभएर सामाजिक उत्तरदायित्वमा लागेको बताउनुभयो ।
स्याङ्जामा फरक क्षमता भएका बालवालिकादेखि बृद्धबृद्धासम्मको संख्या धेरै रहेको वालिङ नगरपालिकाका प्रशासन शाखा अधिकृत पदमप्रसाद पाण्डेले बताउनुभयो । विभिन्न सामाजिक संघसंस्थाले यस विद्यालयमा अध्ययनरत वालवालिकालाई पोशाकदेखि विभिन्न सामग्रीहरु वितरण गर्दै सहयोग गरेको विद्यालयका प्रधानाध्यापक धनपति पंगेनीले  बताउनुभयो ।
बैंकको वालिङ र गल्याङ शाखाको संयुक्त संयोजनमा न्यानो कपडा वितरण गरिएको वालिङ शाखाका प्रमुख रविन काफ्लेले बताउनुभयो । कार्यक्रममा विद्यालयका शिक्षक डोलराज बस्याल, वालिङ ९ का वडा सदस्य रमता पराजुली, मुक्तिनाथ विकास बैंकका कर्मचारी गोविन्द ढकाल, नगेन्द्रराज पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमबहादुर विक लगायतका बक्ताहरुले बैंकले गरेको सामाजिक कामको प्रशंसासँगै आगामी दिनमा पनि निरन्तरताकालागि आग्रह गरेका थिए ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...