अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

भाइटारीमा सौर्य उर्जाद्वारा खानेपानी तथा सिञ्चाईको सुरुवात

वालिङ २०, पौष ।
पुतलीबजार नगरपालिका ३ भाइटारीमा सौर्य उर्जाद्वारा खानेपानी तथा सिञ्चाईको
सुरुवात गरिएको छ । आँधीखोला सामुदायिक बिकास केन्द्र, आरडब्लु नेपाल,
आइडिई नेपाल, सप्रोस नेपालको सहयोगमा खानेपानी तथा सिञ्चाई योजना
तयार गरिएको हो । योजनाको सुरुवात गर्दै सहयोग संस्था आइडिई नेपालका क्षेत्रीय प्रमुख बालकृष्ण थापा मगरले पानीको बहुउपयोग गरी ब्यवसायिकतातर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आरडब्लुका क्षेत्रीय प्रमुख गंगा आचार्य, सल्लाहकार दिपेन्द्र थापा, अनन्तकुमार श्रेष्ठ, उपभोक्ता सीता गोदार, सुबेदार खोलबहादुर थापा, बिष्णु शर्मा लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा जग्गादाता मिना थापा, हिरन श्रेष्ठ, देबी शरा थापा, मोहन श्रेष्ठ
र उत्कृष्ट काम गरेबापत विकास थापा र बिशाल पौडेललाई सम्मान गरिएको थियो । १४ किलोवाट सौर्य उर्जाबाट ३५ मिटर उचाईमा पानी तानेर ४० हजार लिटर पानी जम्मा गरी खानेपानी र सिञ्चाईको ब्यवस्था गरिएको हो । सौर्य उर्जा
खानेपानी तथा सिञ्चाई याजनाबाट भाइटारीका ७२ घरधुरी लाभान्वित हुने भएका
छन् भने त्यस क्षेत्रमा सिचाई गरिने भएको हो । भाइटारी सौर्य उर्जा खानेपानी तथा सिञ्चाई योजना ३० लाखको लागतमा निर्माण गरिएको हो । भाइटारी सौर्य उर्जा खानेपानी तथा सिञ्चाई याजनाका सुबेदार केबि कार्कीका अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब सुनिता कार्कीले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...