अहिले तरंगमा

Songs

केहि छिनमा

Bichitra Sansar

समाचार

स्याङजाको आँधीखोला गाउँपालिकाका विद्यालयमा विद्युतीय हाजिरी

वालिङ २०, पौष ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयहरुमा विद्युतीय हाजिरी सुरुवात गरेको छ । गाउँपालिकामा रहेका मावि र २ वटा आधारभूत तहको बिद्यालयमा विद्युतीय हाजिरी ब्यवस्था गरेर अभ्यासको थालनी गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । माध्यमिक विद्यालय शिक्षा सम्बन्धी सम्पूर्ण जिम्मेवारी स्थानीय तहमा दिएपछि शैक्षिक प्रशासनलाई सुदृढिकरण गर्न प्रविधि अपनाएको सुबेदीले बताउनुभयो ।
बिद्यालयमा अध्यापन गराउने एउटा शिक्षकले बिहान १० बजे, दिउँसो १ र बेलुका ४ बजे हाजिरी गर्ने अध्यक्ष सुबेदीले बताउनुभयो । उहाँले शिक्षकको हाजिर मासिकरुपमा गाउँपालिका कार्यालयमा ल्याएर बुझाउने ब्यवस्था गरिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किदै गएकाले गुणस्तर बृद्धि गर्नको लागि यो अभियान थालनी गरिएको बताउनुभयो ।
गाउँपालिकामा रहेका ३२ विद्यालय मध्ये यस बर्ष १० वटामा र अन्यमा आगामी आर्थिक बर्ष भित्र बिद्युतीय हाजिरी जडान गरिने छ । यसबर्ष फेदिखोला गाउँपालिकाले सामुदायिक बिद्यालयको सुधारमा डिस्टेन्ट लर्निङ्ग सेन्टर र इ –लाइबे्ररी निर्माण गर्ने अध्यक्ष सुबेदीले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...