अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

चार नं. प्रदेशमा समस्या छैन ः उपप्रधानमन्त्री श्रेष्ठ

news

वालिङ २२, पौष ।
नेपाल सरकारका उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले अन्य प्रदेशमा जस्तो चार नं. प्रदेशमा समस्या नरहेको बताउनुभएको छ । प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा विवाद उत्पन्न भैरहेका बेला चार नं. प्रदेश विवादमुक्त रहेको र यसको राजधानी पोखरा निश्चित भएको बताउनुभएको हो ।
शुक्रबार स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्याङ्जा सदरमुकाममा सपथ ग्रहण गराउँदै काँग्रेस केन्द्रीय सदस्य श्रेष्ठले नेपाली कांँग्रेस प्रतिपक्षकातर्फबाट रचनात्मक भूमिकामा रहन तयार रहेको बताउनुभयो । “मुलुकमा तीन वटा निर्वाचनहरु सम्पन्न भएका छन्” नेता श्रेष्ठले भन्नुभयो, “अब दलहरु एकजुट भएर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु आवश्यक छ ।”
कार्यक्रममा पूर्व सांसद कमलप्रसाद पंगेनी, हिसानका जिल्ला अध्यक्ष भरतप्रसाद लम्साल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष केशवराज लम्साल लगायतले नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विक्रान्तकुमार श्रेष्ठसहितका पदाधिकारी तथा सदस्यहरुले हिजो पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो । श्रेष्ठलाई निवर्तमान अध्यक्ष नवराज सुवेदीले सपथ ग्रहण गराउनुभएको हो भने अन्य पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गराउनुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...