अहिले तरंगमा

Songs

केहि छिनमा

Bichitra Sansar

समाचार

फूलबारी बचतको चौथो वार्षिक साधारणसभा सम्पन्न

वालिङ २२, पौष ।
फूलबारी बचत तथा ऋण सहकारी संस्था वालिङको चौथो वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँडले सहकारीहरुले स–साना पूँजिलाई एकीकृत गर्ने र जनताको सहज जिविकोर्पाजनकालागि सघाउ पु¥याएको बताउनुभयो । कार्यक्रममा रेडियो आँधीखोलाका अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनी, गाउँबेशी बचत तथा ऋण सहकारीका अध्यक्ष विद्या श्रेष्ठ, मितेरी बचत तथा ऋण सहकारीका अध्यक्ष रामजी पौडेल, प्रभु बैंकका प्रबन्धक हरि डुम्रे, शेयर सदस्यहरुबाट सेमला काफ्ले र विकास लम्साल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष शोभाकान्त पौडेल, कोषाध्यक्ष चोपनारायण श्रेष्ठ, लेखा संयोजक खुमकान्त पराजुली, ऋण उपसमिति संयोजक टिकाराम डुम्रे र प्रबन्धक रोमकान्त लुँईटेलले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तेजबहादुर थापा र सञ्चालन सचिव नेत्रप्रसाद सुवेदीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...