अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

महायज्ञको आयब्यय सार्वजनिक

आँधीखोला खबर
स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श उच्च माविमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह तथा धनधान्याञ्चल ज्ञान महायज्ञ २०७३ को आयब्यय सार्वजनिक गरिएको छ । गत बैशाख ५ देखि १२ गतेसम्म सञ्चालन भएको सप्ताह ज्ञान महायज्ञमा ८३ लाख ९४ हजार ४ सय ५३ रुपैयाँ आम्दानी भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । आयब्यय सार्वजनिक कार्यक्रमकालागि आयोजना गरिएको पत्रकार सम्मेलनमा कूल १६ लाख ६९ हजार ९ सय ५ रुपैयाँ खर्च भई कूल ६७ लाख २४ हजार ५ सय ४८ रुपैयाँ बचत भएको आर्थिक उपसमितिका संयोजक अमृत श्रेष्ठले बताउनुभयो । महायज्ञमा विभिन्न भक्तजनहरुबाट ३२ लाख १० हजार ८ सय ७६ रुपैयाँ उठ्न बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले विद्यालयले आधुनिक शिक्षा प्रणाली सञ्चालन गर्नकालागि महायज्ञको आयोजना गरेको र उक्त महायज्ञ सफल भएको बताउनुभयो । उहाँले महायज्ञबाट संकलित रकमको सही सदुपयोग गरी शैक्षिक स्तरोन्नतिमा लगाउन पनि विद्यालयलाई आग्रह गर्नुभयो । “विद्यालयले महायज्ञ सञ्चालन गरेर संकलन गरेको रकमको आयब्यय सार्बजनिक गरेको छ” जिल्ला शिक्षा अधिकारी कमालले भन्नुभयो, “यसले पारदर्शिताको सुरुवात गरेको छ जसले गर्दा विद्यालयप्रति सबैको सकारात्मक सोँचको विकास हुन्छ ।” विद्यालयले सुविधा सम्पन्न प्राविधिक कक्षा सञ्चालन, यातायातको तथा छात्राबासको ब्यवस्थापनकालागि ज्ञान महायज्ञ सञ्चालन गरेको थियो । पत्रकार सम्मेलननमा विद्यालयका प्राचार्य मुक्तिप्रसाद रेग्मीले महायज्ञलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै महायज्ञले राखेका लक्ष्य र उद्धेश्य पुरा गर्न आँफूहरु लागिपरेको विचार ब्यक्त गनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अग्निधर भण्डारीको स्वागतसँगै शुरु भएको उक्त कार्यक्रम महायज्ञ मुल आयोजक समितिका संयोजक तुल्सी गिरीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक प्रेमराज पौडेलले गर्नुभएको थियो ।