अहिले तरंगमा

Songs

केहि छिनमा

Bichitra Sansar

समाचार

सहकारीद्धारा हाजिरिजवाफ प्रतियोगिताको आयोजना

वालिङ २२, पौष ।
स्याङ्जाको वालिङ ८ डुम्रीकोटमा रहेको महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वालिङ नगरपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ ।सहकारीको आठौं वार्षिक साधारणसभाको अवसर पारेर संस्थाले हिजो साईन भिलेज स्कूलमा नगरभित्रका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुबीचमा प्रतियोगिताको आयोजना गरिएको हो ।  ८ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रथम वालिङ स्कोलार्स, द्वितीय पिसजोन इन्टिग्रेटेड एजुकेशनल एकेडेमी, तृतीय कालिका आधारभूत  विद्यालय र सात्वना बालविद्या विकास मावि भएका छन् ।
प्रतियोगिताका अवसरमा बोल्दै पूर्णामृत भवानी माविका स्रोतव्यक्ति भरतप्रसाद बगालेले सहकारीले आर्थिक पक्ष, सामाजिक पक्षसंँगै शैक्षिक अभिबृद्धिकालागि हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्नु निकै उदाहरणीय कार्य रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष बुुद्धिसागर सुवेदी, पूर्णामृत भवानीका विद्यालय व्यवस्थापन समिति सदस्य यामलाल शर्मा पंगेनी लगायतले मन्तव्य राख्नुभएको थियो । शिक्षा उपसमितिका संयोजक दयानाथ बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा उपसमिति सदस्य यमकान्त खनालले स्वागत र सञ्चालन कार्य समिति सचिव तोलाकान्त बगालेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...