अहिले तरंगमा

Nepal Bani Khabar

केहि छिनमा

Lok Chaoutari

समाचार

सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाको छैठौँ साधारण सभा सम्पन्न

वालिङ २२, पौष ।
सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ९ भुम्रेको छैठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै वालिङ नगर कार्यपालिका प्रमुख दिलीपप्रताप खांँडलेसहकारीको माध्यमबाट सहकार्य गर्दै स–साना पूँजिको माध्यमबाट ठूलो आर्थिक रुपान्तरण गर्न सकिने बताउनुभयो । साथै उहाँले  सहकारीको नीति तथा सिद्धान्तमा रहेर स्वच्छ प्रतिष्पर्धा गर्नुपर्ने बताउँदै नितान्त जनमुखी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष बसन्तकुमार श्रेष्ठ, गाउँबेशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विद्या श्रेष्ठ, महिला शेयर सदस्य दीपा भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा अध्यक्ष ताराप्रसाद भुसाल, कोषाध्यक्ष श्यामलाल पाण्डे र प्रबन्धक राजु डुम्रेले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक नवराज गैह्रेको स्वागतसँंगै सुरु भएको कार्यक्रम अध्यक्ष ताराप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव कमल गैह्रेले सञ्चालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...