अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

आर्थिक समृद्धिमा सहकारीको महत्व विषयक वक्तृत्वकला

वालिङ २२, पौष ।
मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वालिङ १३ झलुङ्गेको शिक्षा उपसमितिले शुक्रबार आर्थिक समृद्धिमा सहकारीको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ७ विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम जीवन ज्योति बोर्डिङ स्कूलका अजय लुईटेल, द्वितीय जीवन ज्योति बोर्डिङ स्कूलकै प्रज्ज्वल पाठक, तृतीय गोल्डेन फ्यूचर बोर्डिङ स्कूलका विपना श्रेष्ठ र सरस्वति माविका गणेश डुम्रे सान्त्वना भएका छन् ।
कार्यक्रममा बोल्दै वडा नं. १३ का वडाध्यक्ष आनन्द पाठकले सहकारीहरुले शिक्षाका क्षेत्रमा यस्ता कार्यक्रम गर्नु निकै सकारात्मक पक्ष रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर गुरुङले सहकारीले वार्षिक कार्यक्रम अनुसार अहिले शिक्षाका क्षेत्रमा कार्यक्रम गरेको बताउनुभयो । शिक्षा उपसमिति संयोजक ईश्वरीप्रसाद खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य कृष्णप्रसाद गैह्रेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...