अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

पौष महिनाको अन्त्य अन्त्य आईपुग्दा सहकारीलाई साधारणसभाको चटारो

वालिङ, २३ पौष ।
रामबाच्छा बचत तथा ऋण सहकारी संस्था वालिङ १ रामबाच्छाको पाँचांै वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सांसद पद्मा अर्यालले सहकारीहरुले आफ्ना नति र सिद्धान्तलाई टेकेर देशको अर्थतन्त्रलाई माथि उकास्न महत्वपूर्ण योगदान पु¥याउनुपर्ने बताउनुभयो । अर्यालले सहकारी मुलुकको आर्थिक पक्षको खम्बा भएकाले सहकारी उत्पादनमा जानुपर्छ भन्ने मान्यता सहकारी संस्थाले लिएकाले प्रचलित ऐन नियम र मुल्य मान्यतामा रहनुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मीले सहकारीले स–साना पूँजीहरुलाई एकीकृत गर्दै स्थानीयको सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पोखरा  फाईनान्स  वालिङ शाखाका प्रबन्धक रमेश पौडेल, अर्मादी बोर्डिङका प्रिन्सीपल दयानाथ अर्याल, वालिङ उद्योग वाणिज्य संघका महासचिव गिरमान गुरुङ, सल्लाहकार रुकबहादुर गुरुङ, टेकबहादुर गुरुङ, रामबाच्छा भुपूसैनिक कोषका अध्यक्ष क्या. धनबहादुर गुरुङ, वडा सदस्य देवि रेग्मीलगायतले बोल्नुभएको थियो । अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पदमबहादुर खत्रीले र सञ्चालन सचिव सोमबहादुर गुरुङले र धन्यवाद शिक्षा संयोजक लोकबहादुर गुरुङले गर्नुभएको थियो ।
यता वालिङ ८ डुम्रीकोटमा रहेको महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आठौँ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै वालिङ नगरप्रमुख दिलीपप्रताप खांँणले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु सकारात्मक पक्ष भएको भन्दै यसको दायरा बढाएर लगानी बढाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अहिलेको ऐनलाई परिमार्जन गरी स्थानीय सरकारले नै ऐन बनाएर सहकारीको विकासमा जोड दिईने नगर प्रमुख खाँणले बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष कमलप्रसाद सुवेदी, रेडियो आँधीखोलाका अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनी, संस्थाका निवर्तमान अध्यक्ष जीवनारायण बगाले, लेखा तथा सुपरिवेक्षण समिति संयोजक प्रदीप बगाले, सदस्य चेतकान्त बगाले, शेयर सदस्यद्वय गोपाल सुवेदी र दुर्गा न्यौपानेलगायतले सहकारीले पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । अध्यक्ष बुद्धिसागर सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धु्रव शर्मा रेग्मीले स्वागत र सचिव तोलाकान्त बगालेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा शुक्रबार आयोजित हाजिरिजवाफ प्रतियोगितामा उत्कृष्ट भएका विद्यालयहरु तथा र संस्थालाई विभिन्न तवरबाट सहयोग गर्नुहुने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
त्यस्तै वालिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ८ को सोह्रांै साधारणसभा शनिबार पतञ्जलि योगभवनमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै नगरप्रमुख दिलीपप्रताप खाँंणले यो सहकारी वालिङमा मात्र सीमित नभएर प्रत्येक वडामा आफ्नो सेवा विस्तार गरी वित्तीय क्षेत्रमा फड्को मार्नुपर्ने शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले सहकारीहरु आफ्नो नीति तथा सिद्धान्तमा रहेर कार्य सञ्चालन गर्नुपर्ने भन्दै उत्पादनमुखी बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समाजसेवी सीताराम अधिकारी, पूर्व अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, शेयर सदस्यद्वय गोविन्द कर्माचार्य र मैयादेवि लम्साल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा अध्यक्ष कर्णबहादुर श्रेष्ठ, कोषाध्यक्ष लिलानारायण श्रेष्ठ र लेखा तथा सुपरीवेक्षण समिति संयोजक भीमप्रसाद पंगेनीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रघुपति लम्सालले स्वागत, सचिव खगेन्द्रप्रसाद अर्यालले सञ्चालन र सहसचिव गुणनिधि काफ्लेले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी वालिङ नगरपालिका १२ सिर्सेकोटमा रहेको सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा वडा कार्यालय परिसरमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै नगरउपप्रमुख कल्पना तिवारीले समुहमा काम गर्दा अनुभव बढ्ने र थप अगाडि बढ्नकालागि मद्दत पुग्ने बताउनुभयो । साथै उहाँले नगर कार्यपालिकाले सहकारी संस्थाहरुको तथ्यांक संकलन गर्ने र सहकारीको विकासको विभिन्न नीति योजनाका साथ अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा महिला जनप्रतिनिधि रेलिमाया गुरुङ, नगर कार्यपालिका सदस्य रेखा थापा, जेसीज वर्ष २०१७ का अध्यक्ष शान्ता थापा, काँगे्रस क्षेत्रीय सहसचिव सरस्वति बगाले, प्रेस युनियनका जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देल, समाजसेवीहरु विनुप्रसाद भण्डारी, नेत्रप्रसाद गैह्रे, टिकाराम पराजुली, अखिल नेपाल महिला संघका ईन्दिरा लुईटेल लगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष केशरा बस्यालको अध्यक्षतामा सम्पनन कार्यक्रममा स्वागत उपाध्यक्ष सीता गुरुङ र सञ्चालन सचिव आशा गुरुङले गर्नुभएको थियो । २०६७ सालमा स्थापित सहकारीमा ५ सय जना महिला शेयर सदस्यहरु रहेका छन् भने  संस्थाले विभन्नि उत्पादमुलक कार्यमा लगानी गरेको संस्थाले जनाएको छ ।
यस्तै गाउँबेसी बचत तथा ऋण सहकरी संस्था वालिङ ९ भुम्रेको आठौं साधारण सभा हिजो भुम्रे सामुदायिक भवनमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै नगरप्रमुख दिलीपप्रताप खाँंणले सहकारीहरु नाफामुखीभन्दा सेवामुखी हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नंं. १४ का वडाध्यक्ष झम्मरबहादुर श्रेष्ठ, गरिमा विकास बंैकका नायव महाप्रबन्धक माधवप्रसाद उपाध्याय, संस्थाका सल्लाहकार ताराप्रसाद श्रेष्ठ, जेष्ठ शेयर सदस्य नरबहादुर पराजुलीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अध्यक्ष विद्या श्रेष्ठ, कोषाध्यक्ष परविन गुरुङ, लेखा तथा सुपरीवेक्षण समिति संयोजक शिवलाल पौडेलले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाको कुल  कारोबार १९ करोड ४४ लाख २३ हजार ९ सय रुपैयाँ रहको जानकारी गराईएको थियो । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अर्जुनप्रसाद खनाल, सञ्चालन सचिव केशवराज भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा असल बाल बचतकर्ता, उत्कृष्ट कर्मचारी, असल कारोबारी र संस्थाका निवर्तमान सञ्चालक तथा लेखा समितिहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी वालिङस्थित मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वालिङ १०, फूलबारी गेष्ट हाउसमा सम्पन्न साधारण सभाको समुद्घाटन संस्थाका अध्यक्ष रामजी पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समितिकोतर्फबाट आर्थिक वर्ष २०७३÷०७४ को प्रतिवेदन र संस्थाको भावि कार्ययोजना अध्यक्ष पौडेलले, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष शंकर खनालले, लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य दिपेन्द्र सुवेदीले र प्रवन्धकको प्रतिवेदन शालिकराम पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने अन्य वक्ताहरुमा सञ्चालक समिति सदस्य मञ्जु केसी, सचिव टेकलाल खनाल र शेयर सदस्य बोधराज न्यौपानेले बोलेका थिए । सञ्चालक समिति सदस्य लेखनाथ गैह्रेको स्वागत मन्तव्यसँगै सुरु भएको उक्त कार्यक्रम अध्यक्ष पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्यद्वय शेषकान्त कडेलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...